दैलेख । नौमुले गाउपालिकामा कृषकले पालेका पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखापरेको छ। सुरूमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको हाल प्रकोपकै रूपमा फैलिएको हो।
नौमुलेका किसानले पालेका पशुचौपायामा लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्किन प्रमाणित भएको हो।सुरूमा थोरै मात्रै देखापरेको यो रोग हाल पालिकाको सबै वडामा देखिएको गाउपालिका अध्यक्ष छबि सुबेदीले जानकारी दियका छन ।
पालीका को सबै वडामा रोगले प्रकोपकै रूप लिएको उनले बताए। पालिकाको प्राबिधिक टोली प्रभाबित क्षेत्रमा गई सेकेन्डरी इन्फेक्सन नहोस भन्नका लागी आबश्यक उपचार गरिरहेको बताए । पालिकामा यो रोग प्रकोपकै रूपमा देखापरेको छ दैनिक १५ देखि २० पशुमा देखिएको खबर आउने गरेको छ, पालीकामा स्रोत साधनले भ्यासम्म आवश्यक पहल गरेको अध्यक्ष सुबेदीले बताए ।
सबै भन्दा बढी कालीका , नौमुले , सल्लेरी र चौराठामा फैलीयको छ संगसंगै तोली , बालुवाटार र द्धारीमा पनी फैलीयको पशुसेवा प्राबिधिक भवानी प्रशाद शर्माले बताए ।
गाई, गोरु, भैंसीमा यो रोग देखापरेको छ। यसमा पनि गाई र गोरुमा बढी संक्रमण देखापरेको बताइएको छ। संक्रमण बढेपछि पशुचौपाया मर्ने सम्भावना हुन्छ। तर यहाँ हालसम्म पशु मरेको तथ्यांक नआएको पशु अस्पताल दैलेखका प्रमुख भिमबहादुर बिष्टले जानकारी दिए। बिष्टले यो रोग अहिले जिल्लाका ११ वटै पालीकामा देखा परेको बताए ।
नियन्त्रणका लागी सबै पालीका संग आवश्यक समन्वय गरिरहेको उनले बताए ।प्रमुख बिष्टका अनुसार यो रोग नियन्त्रण बाहिर गइसकेको छ। त्यसैले हाल प्राथमिक उपचार सुरू गरिएको उनले बताए। यो रोग निको पार्ने कुनै खोप नभएको पनि उनले बताए। यसबाट ग्रसित पशुका लागि ठोस उपचार छैन। सामान्य एन्टिबायोटिक दिने काम सुरू गरेका छौं। बेटाडिन तथा ड्रेसिङ पनि गरिदिएका छौं उनले भने।
पशुचौपायामा लम्पी स्किन रोग देखापरेपछि किसान चिन्तित भएका छन्। यो रोग झिँगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिन्छ। यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्याल र सिँगान काढ्ने, गर्भिणी पशु तुहिने, बाँझोपनको समस्या र दुहुनो गाईले दूध कम दिने जस्ता समस्या देखापर्छ।
रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ। यो रोग लागिसकेपछि पशुचौपायालाई कम्तीमा २१ दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताइएको छ। पशुचौपायामा यो रोग फैलिएको बारे पशु अस्पताल दैलेखले प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको जनाएको छ। पशुमा रोग फैलीदा समेत प्रभाबकारी उपचार हुन नसकेको कृषकहरुको गुनासो रहेको छ ।
समृद्धि कृषि । २१ बैशाख २०८०, बिहीबार ११:३३