सहजै खान पाईने : करेसाबारी खेती

लकडाउनको बेलामा समय पनि सहजै बित्ने र पछि तरकारी पनि खान पाईने : करेसाबारी खेती

नेपालमा अहिले अत्यावश्यक सेवा बाहेक सबै पुर्ण रुपमा लकडाउन छ । यो बेलामा धेरैजसो किसान साथै अन्य पेशा व्यवसाय गर्ने पनि निकै फुर्सदिलो भएका छ्न । यसरी प्रशस्त समय भएको बेलामा समय पनि सहजै बिताउन र आउने २/३ महिना पछि पनि स्वच्छ र ताजा तरकारीको अभाव सिर्जना हुन नदिन करेसाबारी खेती उत्तम हुन सक्छ । करेसाबारी खेतीबाट ताजा र स्वच्छ तरकारी खान पाईन्छ भने खेर गएको जमिनको सदुपयोग ,कसरतको माध्यम ,आर्थिक भार कम हुने ,समय्को सदुपयोग हुने ,तरकारी खेती बारे ज्ञान र सीप हासिल हुँदै जाने र घरको शोभा पनि बढाउछ । देश नै भयावह भैरहेको बेलामा घरमै सुरक्षित तरिकाले तरकारी उब्जाउन सकिन्छ साथै करेसाबारीको रेखांकन र योजना बनाउन आवश्यक परामर्श लिई झनै अगाडी बढ्दा प्रभावकारी हुन्छ । जसले गर्दा अहिलेको अवस्थामा आत्मनिर्भर बन्न ठूलो सहयोग पुर्याउँछ ।

नबिन प्याकुरेल

करेसाबारी खेती गर्दा प्रसस्त जग्गाको आवश्यक पर्दैन । यो अवस्थामा औषधीय गुण भएका बिरुवाहरु जस्तै धनिया ,तुलसी,पुदिना आदि लगाउन सकिन्छ जसले सुन्दर, स्वस्थ रहन पनि सहयोग पुर्याउँछ । करेसाबारी खेती गर्दा नर्सरी राखेर उत्पादन भएका बेर्ना छरछिमेकमा बिक्री पनि गर्न सकिन्छ । त्यसैगरी पानीको स्रोत राम्रो भएको र निकासको राम्रो व्यवस्थ हुँदा उत्पादन राम्रो हुन्छ । करेसाबारी खेतीले आपतकालीन अवस्थामा सहजरुपमा तरकारी उपलब्ध मात्र गराउन मात्र नभई आफ्नो घरमा उत्पादन भएका फोहरको उचित व्यवस्थापन गर्न पनि मद्दत गर्छ । जस्तै कुहिएका फल्फुल ,कुहिएका तरकारी ,तरकारीका बोक्राहरु, सढेगलेका बासी खानेकुराहरु प्रांगारिक मलको रुपमा प्रयोग गर्न सकिन्छ ।
अहिलेको समयमा काक्रो,साग ,फर्सी,घिरौला,करेला,बोडि,लौका लगायतका तरकारी मध्यम हावापानीको लागि उपयुक्त छ । गाउघरमै भएका लोकल बिउबिजनको प्रयोग गर्ने वा नभएको खण्डमा बजारबाट आवश्यक बीउ ल्याई करेसाबारीमा तरकारी लगाउन सकिन्छ । घरमै उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि करेसाबारीलाई सुन्दर बनाउन सकिन्छ । शहरमा करेसाबारी खेतीको स्थापना गर्नाले स्वच्छ र ताजा तरकारी खान पाईनेको अलवा कृषि क्षेत्रमा सहि सन्देश जाने र प्रांगारिक कृषिको बिकास र विस्तारमा पनि धेरै मद्दत गर्नेछ ।

प्याकुरेल सिड्स, रसुवामा जीविकोपार्जन अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया