किन खाने मिठे फापर

परिचय

हालसम्म पहाड तथा तराईका किसानहरूले स्थानीय जातको फापर खेती गर्दै आएको पाइन्छ । नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत विभिन्न अनुसन्धान केन्द्रहरू तथा किसानहरूको खेतबारीमा समन्वयात्मक परीक्षणबाट प्राप्त नतिजा अनुसार पहाडीबाली अनुसन्धान कार्यक्रम, काब्रे, दोलखाले उन्मोचनको लागि प्रस्तावना पेस गरी राष्ट्रिय बिउ बिजन उन्मोचन समितिले २०७२ सालमा मिठे फापर-१ नामको फापरको जात सिफारिस गरेको थियो ।

जातीय पहिचान तथा बिशेषताहरू

यो जातको डाँठ रातो, पातको भेट्नो हरियो रातो, फूलको रङ सेतो, दानाको रङ कालो/खैरो, दानाको आकार त्रिकोणात्मक र एउटा बोटमा २/३ ओटा मुख्य हाँगा लाग्ने गर्दछ भने एउटा फूलको झप्पामा ४-१० वटासम्म दाना लाग्दछन् ।

विभिन्न स्थान र समयमा गरिएको अनुसन्धान अनुसार यो फापरको जातको बोटको औसत उचाइ ८० से.मी. रहेको छ भने ५५-८७ दिन भित्रपाकेको पाईन्छ । यो जातले अन्य स्थानीय जातको तुलनामा पाउडरी र डाउनी मिल्ड्य रोग पनि सहन सक्ने देखिएको छ ।

यो जात छिटो पाक्ने, बढी उत्पादन दिने खानलाई मिठो, मलजलसँग राम्रो प्रतिक्रिया दिने तथा नढल्ने हुनाले लोकप्रिय भएको छ ।

मिठे फापर-१ को पौष्टिक गुणहरू

जात कार्बोहाइड्रेट (%) प्रोटिन(%) जम्मा खरानी(%) चिल्लो(%) जम्मा फाईवर (%) क्याल्सियम(%) फस्फोरस(%) फलाम(%) पिठो
(%)
मिठे फापर-१ ७३ ९.४२ १४.२४ २.६ १.३ ०.०३ ०.३ ०.०१ ७.७१

सिफारिस क्षेत्र

यो जात समुन्द्र सतहको ९००-१७०० मी. उचाईसम्म खेती गर्न सिफारिस गरिएको छ तापनि हिउँदको समयमा तराई तथा भित्री मधेसमा पनि खेती गर्न सकिन्छ ।

हावापानी

यो जातको फापरलाई तुलनात्मक रूपमा अलि बढी न्यानो तापक्रम आवश्यक पर्दछ । यसको बिउ उम्रनका लागि कम्तीमा पनि ६-८ से. तापक्रम चाहिन्छ, तर राम्रो वृद्धि र विकासका लागि १६०-२२° से. तापक्रम उपयुक्त मानिन्छ ।

यसको सफल खेतीको लागि १६०-३५° से. सम्मको तापक्रम उपयुक्त मानिए तापनि उचित वानस्पतिक वृद्धिका लागि १७°-२०° से. सम्मको तापक्रम र ७०-८०% सापेक्षिक आद्रताको आवश्यकता पर्छ । यसको वृद्धि विकासको क्रममा तुषारो र २०० से. भन्दा कम तापक्रम निकै हानिकारक मानिन्छ ।

फूल फुल्ने अवस्थामा तातो हावा चलेमा वा हावाको तापक्रम बढी भएमा र माटोमा चिस्यानको मात्रा कम भएमा उत्पादनमा ह्रास आँउदछ । यसको सफल खेतीका लागि कम्तीमा पनि औसत वार्षिक वर्षा १०० मि.लि. लिटर हुनुपर्दछ ।

माटो
यस जातको फापरलाई बिभिन्न किसिमको उर्वरा क्षमता भएको माटोमा खेती गर्न सकिन्छ तर पनि हल्का बलौटे र पानीको राम्रो निकास भएको बलौटे दोमट माटो उपयुक्त मानिन्छ । धेरै वजनदार, चिम्ट्याईलो, पानी जम्ने माटोमा यसको खेती राम्रोसँग गर्न सकिदैन ।

यो जातको ५-६ पी.एच. भएको माटो उपयुक्त मानिन्छ । बढी उर्बरता भएको माटोमा फापरको बोट ढल्ने समस्या हुन्छ भने बढी चिम्टाइलो माटोमा एकनासले बिउ उम्रन नसकी बिरुवाको घनत्व कम हुन्छ ।

भर्खरै मात्र फंडान गरिएको जग्गा, पानीको निकास गरिएको खेत, प्राङ्गारिक पदार्थको मात्रा धेरै भएको माटोमा पनि यसको सफलतापूर्वक खेती गर्न सकिन्छ।

बिउ
यो जातबाट राम्रो उत्पादन लिनको लागि राम्रो र स्वस्थ बिउको छनोट गर्नु पर्दछ । त्यसैले बिउको छनोट गर्दा ठलो, पोटीलो, किराले नखाएको, रोगको दाग नभएको, अन्य झारपातको बिउ र बेजातको बिउ नमिसिएको र ८०% भन्दा बढी उमारशक्ति भएको बिउ छान्नुपर्दछ ।

बाली चक्र
जि फुपर-१ हाम्रो देशको विभिन्न भौगोलिक क्षेत्रमा फापरमा आधारीत विभिन्न बाली प्रणाली अपनाइएको छ । जुन यस प्रकार छन्ः

मध्य-पहाड
धान-फापर
मकै-फापर-खाली

फापर-कोदो

धान-फापर-खाली

मकै-भटमास-फापर

मकै-भटमास-फापर-तोरी

मकै-कोदो-फापर

तराई/भित्री

मधेस धान-फापर-खाली वा मकै (धान खेतमा) मकै-फापर-खाली वा तोरी (बारीमा) मकै-फापर-तोरी-तरकारी (बारीमा) जमिनको तयारी फापरको बिउ एकनासले उम्रन र बोटको उपयुक्त घनत्व कायम गर्न जमिनको तयारी राम्रोसँग गर्नुपर्दछ ।

धान खेतमा धान काट्नासाथ र बारीमा मकै भाँच्नासाथ एक पटक वा बढीमा दई पटक राम्ररी हलो वा ट्याक्टरले जोतेर डल्ला फोरी झारपातहरूलाई हटाई जमिनको तैयारी गर्न पर्दछ । माटालाई धेरै मसिनो र मिहिन बनाउन जरुरी हुँदैन । जमिन तयार गर्दा पानीको राम्रो निकास हुने प्रबन्ध गर्नुपर्दछ ।

मलखादको व्यवस्थापन

अन्य बोटबिरुवालाई जस्तै फापर बालीलाई पनि मलखादको जरुरत पर्दछ । मलखादको मात्रा माटोको प्रकार, उर्वर शक्ति, फापरको जात, सिँचाइको स्विधा, बालीचक्र, बाली लगाउने समय, मल प्रयोग गर्ने तरिका आदिमा भर पर्दछ ।

हाम्रो देशका विभिन्न स्थानमा गरिएको परीक्षणहरूको नतिजाअनुसार साधारणतया ३.२६ कि.ग्रा. डीएपी र २ कि.ग्रा. युरिया प्रति रोपनीका दरले सिफारिस गरिएको छ । यीमध्ये डिएपीको पुरै मात्रा र युरियाको आधा मात्रा मल जमिनको अन्तिम तयारी वा बिउ छर्नु भन्दा पहिले प्रयोग गर्नुपर्दछ र यरियाको बाँकी आधा मात्रा छरेको एक महिनापछि मात्र प्रयोग गर्नुपर्दछ ।

प्राङ्गारिक मलको हकमा यदि माटोमा यसको मात्रा अत्यन्त न्यून छ र अघिल्लो बालीको लागि प्रयोग गरिएको छैन भने २०-२५ डोका प्रतिरोपनीका दरले जमिन तयार गर्नुभन्दा कम्तिमा पनि १५-२० दिन पहिले माटोमा मिलाउनुपर्दछ ।

अत्यन्त उर्वरता भएको माटोमा फापर ढल्ने सम्भावना भएको हुँदा माटोमा पोसक तत्त्वको आवश्यकता हेरी मलखादको व्यवस्थापन गर्नु आवश्यक हुन्छ ।

बाली लगाउने समय

बाली लगाउने उचित समय छान्न सक्नु उत्पादन बढाउने सरल, सुलभ/सस्तो र भरपर्दो माध्यम मानिन्छ । देशका विभिन्न स्थान विशेष, हावापानी र बालीचक विविधतासँगै विभिन्न समयलाई फापर खेतीका लागि उपयुक्त मानिन्छ ।

यो जात पहाडी क्षेत्रको लागि सिफारिस गरिए पनि हिउँदको समयमा तराइ तथा भित्री मधेसमा पनि खेती गर्न सकिन्छ । उच्च पहाड (खोच बेंसी): वैशाख-जेष्ठ मध्य पहाडः भाद्र-आश्विन तराइ तथा भित्रि मधेसः कात्तिकको पहिलो हप्ता-मंसिर बिउको मात्रा प्रतिएकाई क्षेत्रफलमा फापरको बोटको सङ्ख्या उचित भएमा राम्रो उत्पादन हुने हुँदा गुणस्तरीय बिउको उचित मात्रा हुन आवश्यक छ ।

बिउको मात्रा

बिउको आकार, जात, छर्ने समय, छर्ने तरिका, माटोमा चिस्यानको मात्रा साथै बिउको शुद्धता, उमारशक्ति, जीवितपन आदि करामा भर पर्ने भए तापनि साधारणतया प्रति रोपनी २-२.५ के.जी. का दरले बिउको आवश्यकता पर्दछ ।

बाली लगाउने तरिका

यस जातको फापरलाई नेपालमा प्रायजसो छरेर लगाइने गरे तापनि ४-५ से.मी. गहिरो, २५ से.मी. फरकमा लाइन बनाइ लगाएमा बढी उत्पादन लिन सकिन्छ ।

यसरी लाइन बनाउँदा उत्तर दक्षिण बनाउनु राम्रो मानिन्छ । एक बोटदेखि अर्को बोटको दूरी ५ से. मी. कायम गर्नुपर्दछ ।

सिँचाइ

साधारणतया फापर असिञ्चित जग्गामा लगाइने हुँदा सिँचाइको आवश्यकता पर्दैन तर पनि फूल खेल्ने र दाना लाग्ने समयमा सिँचाइ गरेमा बढी उत्पादन लिन सकिन्छ ।

झारपात नियन्त्रण

सीमान्त भूमिमा खेती गरिनुका साथै फापर छिटो र हलक्क बढेर झारपात कम हुने हुँदा अहिलेसम्म कुनै पनि झारपात नियन्त्रण गर्नका लागि रासायनिक विषादी सिफारिस गरिएको छैन ।

त्यसैले फापर खेतीमा झारपातको असर कम गर्नको लागि फापरलाई झारपात नभएको मिहिन माटोमा छर्न पर्दछ साथै बिउलाई छर्दा चिस्यान भएको गहिराइसम्म पयाउनुपर्दछ जसले गर्दा राम्ररी उम्रने, छिटो बढ्ने र जमिनको सतह छोप्ने हुँदा झारपात कम आउँदछ ।

बाली संरक्षण

यस जातमा रोग र किराहरूको आक्रमण अत्यन्त न्यून हुने गर्दछ तर नेपाल लगायत विभिन्न देशमा गरिएको अनुसन्धानहरूमा विभिन्न रोग र किराको आक्रमण हुने गरेको कुरा प्रमाणित भएको छ ।

नेपालमा फापरमा लाग्ने प्रमुख किराहरूमा लाही, खुने, फौजी किरा, थ्रिप्स, झसिलकिरा, फट्याङ्ग्रा मुख्य हुन् भने प्रमुख रोगहरूमा पाउडरी मिल्ड्य, डाउनी मिल्ड्य, पात डढ्वा, जरा कुहिने आदि हुन् तर यसको प्रकोपले उत्पादनमा खासै हास भएको नपाइएको हुँदा कुनै पनि विषादी प्रयोग गर्ने गरिएको छैन ।

बाली काट्ने र चुट्ने स्थानविशेषअनुसार बिउ छरेको ७०-१०० दिनभित्र फापर बाली तयार हुन्छ । यसको ७५% दानाहरू कालो वा खैरो रङमा परिणत भई तलबाट पातहरू क्रमशः सुकेर झर्न थालेपछि बाली काट्न उपयुक्त मानिन्छ ।

फापरलाई जमिनको सतह नजिक ३-४ इन्च छोडेर हँसियाले काट्ने र त्यसलाई पातलो हुनेगरी बारीमा नै करिब २-३ दिनसम्म सुकाउनुपर्छ त्यसपछि मुठा बनाएर खलियाँनमा ल्याई लट्ठीले चुटी दानालाई बोटबाट छट्याउनुपर्दछ । फापरलाई काट्दा सकेसम्म बिहानीपख काटेमा दाना झर्नबाट रोक्न सकिन्छ ।

उत्पादन
हालसम्मको परीक्षणको नतिजाअनुसार यसको औसत उत्पादकत्व १२३० कि.ग्रा. प्रतिहेक्टर रहेको छ ।

भण्डारण
फापरको भण्डारण क्षमता अन्य बालीको तुलनामा कम हुन्छ । भण्डारण गर्नको लागि तापक्रम ५०° से., सापेक्षिक आर्द्रता ४०% र बिउको चिस्यान मात्रा १६% भएमा यसलाई दुई वर्षसम्म भण्डारण गर्न सकिन्छ।

बजार
मानिसहरूको स्वास्थ्यप्रति बढ्दो चासो र अन्य अन्नहरूको बढ्दो मूल्यले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको माग दिन प्रतिदिन बढ्दो छ । जापान सबैभन्दा बढि फापर आयात गर्ने देशमा पर्दछ ।

जसले फापरलाई सोया नुडल्सको लागि कच्चा पर्दाथको रूपमा प्रयोग गर्दछ । हाम्रो देशमा पनि यसको व्यावसायिकरूपमा खेती गरेमा वैदेशिक मद्राको आयस्रोत बन्ने प्रचर सम्भावना देखिन्छ ।

स्रोत : राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र, नार्क

तपाईको प्रतिक्रिया