घरमै नभएका लाइ प्रधानमन्त्री रोजगारमा समाबेस

दैलेख १५ माघ । प्रधानमन्त्री रोजगार कार्यक्रममा दैलेखको महाबु गाउपालिका ३ ले घरमै नभएका लाइ रोजगारमा समाबेश गरेको छ । दैलेखको महाबु गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा भारत गएका व्यक्तिलाइ काममा समावेस गरेको हो । भारतमा गएका वडा अध्यक्षका जुवाइ याम प्रसाद पोखरेल लाइ समेत रोजगारमा समाबेश गरियको छ । पोखरेल ६ महिना अघि रोजगारीको शिलशिलामा भारत गएका छन
वार्ड कार्यालयमा कम्युटर अपरेटर पदमा कार्यरत खेमराज जैसी का बुवा गोपिचन्द्र जैसी लाइ समेत प्रधामन्त्री रोजगार कार्यक्रम योजनामा छनौट गरी काममा लगाइएको महाबु गाउँपालिका वडा नं ३ का चेतन जैसीले बताए । योजनामा यता वडा अध्यक्षले आफ्नो नाता पर्नेलाइ काममा लगाएको आफु वेरोजगार भएर बस्नु परेको सोही वडामा बस्ने एक महिलाले नाम उल्लेख नगर्ने सर्तमा बताइन ।

अति विपन्न र दलित संख्या धेरै रहेको वडामा अध्यक्षले श्रमिकहरुको आम भेला नगरी भारत गएका र कर्मचारी कै बुवा लाई रोजगारी दिइएको र पसल भएको व्यापारीक लक्ष्मी पोखरेलाई काम दिइ टोली नेता बनाएको चेतन जैसीले बताए । सीमा सन्चालित भलायडाडाँ रजेना एक्लेसल्ला गोरेटो बाटो निर्माणमा वडा अध्यक्ष कृष्ण कुमार दाहालले आफ्ना आफन्तलाइ सिफारिस गरी काममा खटाएको जैसीले बताएका छन ।
जैसीलेमहाबु गाउँपालिका सँग सूचिकृत बेरोजगार हरूको डाटा माग्दा गाउँपालिकाले अंक सहितको विवरण दिन नसकेको समेत बताए । हाल सम्म पिएमएपी को डाटा अनुसार पालिका मा जम्मा १६९८ बेरोजगार रहेका छन् ।
जस मध्य वडा नं १ खरिगैरा मा १२५ वडा नं २ को बडाखोला मा ३४३ र ३ को बांसी २७८ छन । त्यसै गरि वडा नं ४ को काडासिरौला ३०४ वडा नं५ कासिकाँध मा २२५ र वडा नं ६ मा ४१४ जनाकोडाटा रहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यविधि अनुसार ३ महिना खान नपुग्ने न्यून आयस्रोत भएकालाइ अंकको आधारमा रोजागरी दिनु पर्ने रोजगार सग्लन भएका श्रमिकहरुलाइ बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था गरीएको छ ।

तपाईको प्रतिक्रिया