सुर्खेत २९ माघ । कर्णाली प्रदेश सरकारले किसानलाई दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान प्रदान गर्ने बताएको छ। सरकारले साबिकको कर्णालीमा रु १० अनुदान दिन लागेको हो ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरू लाई दूध उत्पादनमा जोड दिन र सिधा वास्तविक किसानकै हातमा राज्य छ भन्ने अनुभूति गराउनलाई उक्त अनुदान प्रदान गरिने भएको मन्त्रालयले बताएको छ।
सानो परिमाण दूध उत्पादन गर्ने किसानहरूले राज्यबाट अभिभावकीय भूमिका महसुस गरून् भन्दै प्रदेश सरकारले यो कार्यक्रम लागू गरिएको मन्त्रालयको भनाइ छ।
पशुपंछी बिकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पंगेनीले भने लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो, त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी र भरपर्दो सहकारी संस्थाहरूबाट किसान समक्ष प्रदान गर्ने निर्देशन दिइएको छ।’
कर्णालीको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूधमा अनुदान दिन यो वर्ष बजेट छुट्याएको छ।
निर्देशक पंगेनीले किसानलाई प्रात्साहन गरि जनजीविकालाई सहज र परिणाममुखी बनाउन हरेक गतिविधि सञ्चालन गरिने जानकारी दिए। कार्यक्रम संचालन भएपछी बास्तबिक किसानले राहत पाउने पशु अस्पताल दैलेखका प्रमुख भिमबहादुर बिष्टले बताए । उनले भने दैलेखमा दुध उत्पादनको राम्रो सम्भाबना छ , साना किसान लाइ समेट्न सकियको थियन यो कार्यक्रम बाट सानाकिसान लाई समेत राहात हुने छ ।
समृद्धि कृषि । २९ माघ २०७९, आईतवार १७:००