सिमकोट गाउँपालिकाले बाड्यो स्याउ र ओखरका विरुवा


सुन्दर रावत

हुम्ला १२ फागुन ।सिमकोट गाउँपालिका कृषि बिकास शाखा हुम्लाले स्याउ र ओखरका विरुवा वितरण गर्ने कार्य सुरु गरेको छ । कृषहरुको माग अनुसार गाउँपालिका कृषि शाखाले विहिबारदेखि स्याउ र ओखरका विरुवाहरु वितरण गर्ने कार्य सुरु गरेको हो ।

आर्थिक वर्ष २०७९।०८० को विनियोजित बजेटको ८ लाख रुपैयाँबाट खरिद गरेका विरुवाहरु वितरण गर्ने कार्य सुरु गरिएको कृषि शाखाका प्रमुख नेत्र बहादुर शाहीले बताए । शाखा प्रमुख शाहीका अनुसार मंसिरमा स्थानीय कृषकहरुले माग गरेको निवेदन अनुसार गाउँपालिकाले स्याउ र ओखरका विरुवाहरु बितरण गरेको हो ।

शाखाले यो वर्ष स्थानीय कृषकहरुलाई प्रोत्साहन स्वरुप ६ हजार स्याउ र ५ हजार २ सय ओखरका विरुवा बितरण गरेको छ । जिल्लामा नर्सरीको ब्यबस्था राम्रो नभएकाले जिल्ला बाहिर जुम्लाबाट ३ हजार र जिल्ला भित्रबाट ३ हजार स्याउ र ओखर जुम्लाबाट १ हजार २ सय र जिल्ला भित्रबाट ४ हजार बोट खरिद गरिएको शाखाका प्रमुख शाहीको भनाई छ ।

कृषकले प्रति स्याउको बोटलाई १५ र ओखरलाई १० रुपैयाँ मात्र जम्मा गरि कृषि शाखाले वितरण गर्दै आएको छ । कृषि शाखाको ८५ प्रतिसत अनुदान र कृषक स्वयंमले १५ प्रतिसत लगानी गर्नु परेको शाखा प्रमुख शाहीले जनाकारी दिए ।

सिमकोट गाउँपालिका वडा नम्वर १ देखि ८ सम्मका वडाका कृषकहरुलाई वितरण गरियको छ ।

 

 

तपाईको प्रतिक्रिया