दिवा खाजा खुवाउन ल्याइएको ५४ हजार किलो चामल अखाद्य


नेपालगन्ज — कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउन विश्व खाद्य कार्यक्रम डब्लूएफपी ले ल्याएको ५४ हजार किलो चामल गुणस्तरहीन फेला परेको छ । परीक्षण गर्दा चामल कुहिएको भेटिएपछि नेपालगन्ज भन्सार कार्यालयले रोकिदिएको छ ।इटलीबाट समुद्र हुँदै भारतीय मार्गबाट नेपालगन्ज नाका ल्याइपुर्‍याइएको चामल खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो । चामलसहितका तीनवटा कन्टेनर भन्सारमै रोकिएका छन् ।

इटलीबाट समुद्र हुँदै भारतीय मार्गबाट नेपालगन्ज नाका ल्याइपुर्‍याइएको चामल खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो । चामलसहितका तीनवटा कन्टेनर भन्सारमै रोकिएका छन् ।इटलीबाट समुद्र हुँदै भारतीय मार्गबाट नेपालगन्ज नाका ल्याइपुर्‍याइएको चामल खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले परीक्षण गर्दा गुणस्तरहीन भेटिएको हो ।

चामलसहितका तीनवटा कन्टेनर भन्सारमै रोकिएका छन् ।विश्व खाद्यजस्तो जिम्मेवार संस्थाले पठाएको चामलसमेत आयातयोग्य नभएको फेला परेपछि भन्सारले आयातमा रोक लगाएको छ । ‘विदेशबाट नेपाल आयात हुने जुनसुकै वस्तुको पनि परीक्षण गर्नुपर्ने हुँदा विश्व खाद्यको चामलको गुणस्तर जाँच तथा परीक्षण गरिएको हो,’ नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकृत डिल्लुप्रसाद शर्माले भने, ‘चामल आयात गर्न र जाँचपास गरेर छोड्न नमिल्ने देखिएको हुँदा रोक्नुपरेको हो ।’ विश्व खाद्य कार्यक्रमको मुख्यालय इटलीबाट पठाइएको ५४ हजार किलो चामल समुद्री

मार्ग हुँदै भारतीय बन्दरगाहसम्म ल्याइएको थियो । त्यहाँबाट चामल लिएर आएका डब्लूबी ०३ डीओ १०७, डब्लूबी ११ सी ५९६० र एनएल ०१ एडी ७१०५ नम्बरका तीनवटा भारतीय कन्टेनर माघ १५ गते जमुनाह नाकाबाट नेपाल आएका थिए ।

चामल पानीले भिजेर मक्किएको र खानसमेत योग्य नभएको प्रतिवेदनका आधारमा कन्टेनर रोक्नुपरेको प्रमुख भन्सार अधिकृत नरबहादुर थापाले बताए । गुणस्तर प्रमाणित हुन नसक्दा तीन कन्टनेर चामलसँगै त्यसका चालकसमेत माघ १५ देखि भन्सारमा अलपत्र छन् । चालकहरू कन्टेनरमै खान र बस्न बाध्य भएको बताउँछन् ।

विश्व खाद्यका अधिकारी बिनारोकटोक निर्बाध रूपमा चामल ल्याउन पाउनुपर्ने अडान लिँदै आएका मात्र छैनन्, नेपाली पक्षले गरेको गुणस्तर परीक्षणप्रति समेत असन्तुष्ट छन् । उनीहरूले भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा समेत चामल छाड्न दबाब दिएको स्रोतको भनाइ छ । तर, चाँज गर्ने निकाय र भन्सार दुवैले गुणस्तरहीन चामलसहितका कन्टेनर छाड्न मानेका छैनन् । विश्व खाद्यका अधिकारीहरू उक्त चामल कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पठाउने योजनामा छन् । कान्तिपुरले प्रयास गर्दा कार्यक्रमका अधिकारीसँग सम्पर्क हुन सकेन ।

२०६६ जेठ, असार र साउनमा पनि विश्व खाद्यले जाजरकोटसहितका पहाडी जिल्लामा कुहिएको चामल वितरण गरेको भन्दै त्यतिबेला एक दर्जनभन्दा बढी अधिकारवादी संघसंस्थाले सरकारसँग छनबिनको माग गरेका थिए ।

झाडापखालाका कारण जाजरकोटसहित पहाडी जिल्लामा ३ सय जनाको मृत्यु भएको थियो । अधिकारवादीले झाडापखालाका कारणमध्ये विश्व खाद्यको चामल पनि मुख्य कारक भएको आरोप लगाएका थिए । त्यतिबेला सरकारले विश्व खाद्यको बचाउ गरेको थियो ।कान्तिपुर

तपाईको प्रतिक्रिया