बिरेन्द्रनगरका दश जना कृषकलाई मिनिटिलर बितरण


सुर्खेत – बिरेन्द्रनगर नगरपालिका सुर्खेतले कृषकलाई १० वटा मिनिटिलर बितरण गरेको छ । प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना अन्तरगत पकेट बिकास कार्यक्रमका लागी मिनिटिलर बितरण गरियको हो ।
बिरेन्द्रनगर नगरपालिका २ नं वडामा रहेको हातेमालो कृषक समुहका १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा बितरण गरियको बिरेन्द्रनगर नगरपालिका कृषि बिकास शाखा प्रमुख हेमराज केसीले जानकारी दिए । कृषि शाखा प्रमुख केसीले कृषकलाई उत्पादनमा जोडी उत्पादन लागत कम गराउने उदेश्यले नगरपालिकाले कृषिमा यान्त्रीकरण आवश्यक भएको बताए ।
बिरेन्द्रनगरलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागी प्लाष्टिक टनेल समेत बितरण गरियको केसीको भनाई छ । सहकारी समुह र निजि फार्म मार्फत कृषकलाई कृषिमा आर्कसित गरियको उनले बताए ।


बिरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर उप प्रमुख निलकण्ठ खनालले कृषि क्षेत्रको बिकासको लागी नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले प्रबिधिको सही प्रयोग गर्नसके उत्पादन लागत घट्न गई कृषकलाई फाईदा हुने बताए । बिरेन्द्रनगर नगरपालिका कृषकको अभिभावक भएकाले खेती गर्ने कृषकलाई हौसला दिने कार्यक्रम संचालन गरिने बताए ।
हालेमालो कृषक समुहका १० जना कृषकलाई पक्की प्लाष्टिक टनेल र १० जना कृषकलाई मिनिटिलर बितरण गरियको समुहका अध्यक्ष गोपाल सुनारले बताए । आगामी दिनमा तरकारी उत्पादन गरि बढ्दो मागलाई आपुर्ती गर्ने गरि सबै सदस्य उत्पादनमा जुट्ने बताएका छन ।
कृषकको लगानी ५० प्रतिशत गराउदा धेरै निम्न आयस्तरका कृषकहरुलाई कार्यक्रममा सहभागी गराउन समस्या हुने हुदा आगामी कार्यक्रमहरु साना किसान लक्षित बनाउन आग्रह गरे ।

तपाईको प्रतिक्रिया