सुन्दर रावत – नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि हुम्ला जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सरोकारवाला निकायका बीच सम्पन्न भएको छ ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । इन्सेक जिल्ला प्रतिनिधिद्वारा ०७९ पुस १७ गतेदेखि ०८० असार १२ गतेसम्म करिव ६ महिनामा सङ्कलन गरिएका ११ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू इन्सेक प्रतिनिधि नन्द सिंहले प्रस्तुत गरेका थिए। जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित तीन ओटा, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका तीन वटा, हत्याका एक वटा, बाल विवाहको एक, बहु विवाहको एक, जातीय विभेदको एक, र घरेलु हिंसाका एक वटा घटना प्रस्तुत गरिएको थियो ।
इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरूप्रति सकारात्मक धारणा राख्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले हुम्ला जस्तो भौगोलिक विकट्ताका बावजुतमा पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना सङ्कलन गर्नुमा सर्हानिय कार्य गरेको बताए।
उहाँले सरकारलाई जानकारी नभएका घटनाहरू पनि इन्सेकले संकलन गरेर मानव अधिकार वर्ष पुस्तकमा समेटेमा अझ थप प्रभावकारी बन्ने सुझाव दिएका थिए।
त्यस्तै सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले सामान्य घरेलुहिंसादेखि जटिल खाले घटनालाई पनि वर्षपुस्तकमा समेटनु पर्ने बताउनु भएको छ । उहाँले पीडितहरूको पैरवी तथा घटना न्युनिकरण गर्नका लागि इन्सेकले जिल्लामा विभिन्न जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गर्नु पर्ने सुझाव दिएका थिए।
जिल्लामा भएका सामान्य घटनालाई अभिलेखिकरण गरि मानव अधिकार वर्षपुस्तकमा नछाप्दा उत्तम हुने डिएसपी भिमलाल भट्टराईले बताउनु भएको छ । इन्सेकलाई कुनै पनि सुचनामा कमी नहुने गरि सहयोग गर्ने प्रतिवद्धताकासाथ डिएसपी भट्टराईले जिल्लामा विभिन्न घटना हुन्छन तर ति मध्ये पनि केही अत्यावश्यक घटना संकलन गरि प्रकासन गर्न सुझाब दिए । त्यसै पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले गत वर्ष र यो वर्षको तुलनामा घटना वृद्धि र न्युन भएको संख्या उल्लेख गर्दा अझ थप उत्तम हुने जानकारी दिनु भएको छ । उहाँले हुम्लाका सम्पुर्ण गाउँटोलमा घटेका घटनालाई इन्सकेले बाहिर ल्याउन अनुरोध गरेका थिए ।

समृद्धि कृषि । १२ असार २०८०, मंगलवार १७:५०