
सुर्खेत – नेपाल पाराभेटेरीनरी एण्ड लाईभेष्टक एशोसेशन (नेभ्ला ) ले ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार लाई ज्ञापन पत्र पेश गरेको छ । लम्पी स्किन रोग नियन्त्रणका लागी प्रभावकारी कार्यक्रम हालस्म पनी गम्भीर रुपमा ध्यान नदेखाएको भन्दै ज्ञापन पेश गरेको हो । नेभ्ला सुर्खेतले जिला प्रसाशन कार्यालय मार्फत सरकारको ध्यानाकर्षण गरेको छ ।
पशुहरुमा महामारीको रुपमा देशका ७७ बटै जिल्लामा लम्पी स्किन रोग फैलिसकेको र हालसम्म यस रोगबाट करिब ११ लाख पशुहरु संक्रमित भएको नेपाल पाराभेटेरीनरी एण्ड लाईभेष्टक एशोसेशनले जनाएको छ । देशभरीमा ५० हजार भन्दा बढि पशुहरुको मृत्यु समेत भईसकेको जनाएको छ ।
लम्पी स्किन रोगको कारणबाट दुध उत्पादन ८० पतिशत सम्म कमि आउने, गर्भ तुहिने, पजननमा समस्या आउने, मृत्यु हुने जस्ता कारणले कृषकहरुले आर्थिक ठुलो क्षति व्यर्होनु परिरहेको अवस्थामा समेत सरकारले चासो नदिएको ले ज्ञापन पत्र पेश गरियको नेपाल पाराभेटेरीनरी एण्ड लाईभेष्टक एशोसेशन सुर्खेतका अध्यक्ष शेरबहादुर रानाले बताए ।
एशोसिएशनका संघ, पदेश, जिल्ला तथा स्थानिय तह गरि सवै तहका कार्य समितिहरुका पदाधिकारी तथा सदस्यहरु गरि देशभर करिब तिस हजार पाविधिक जनशक्तिहरु लम्पी स्किन रोग नियन्त्रण तथा उपचार कार्यको लागी युद्रस्तरमा खटिई रहेको समेत जनाएको छ ।
देशभरि महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागी तिनै तहका सरकारले गरिरहेको कार्य पयाप्त नभएको र यस्तो किसीमको सरकारी गतिविधीले रोग नियन्त्रण कार्य ठोस ढंगले हुन नसक्ने तथा पशुहरु धेरै संख्यामा क्षति हुने, आर्थिक रुपमा समेत ठुलो क्षति हुने भएकोले अबिलम्ब व्यवस्थाको लागी नेपाल सरकार संग जोडदार माग समेत गरेको अध्यक्ष रानाले बताए ।
रोग नियन्त्रणका लागी ठोस रुपमा सम्बोधन नभएमा विभिन्न बिरोधका कार्यक्रम गर्न बाध्य हुने समेत जनाएको छ ।
१. लम्पी स्किन रोगबाट भ्यावह बन्दै गएको महमारीको अवस्थालाई संकटकाल घोषणा गर्नुपर्ने ।
२ .लम्पी स्किन रोग नियन्त्रणको लागी ठोस योजनाको साथ आवश्यक औषधी तथा खोपको व्यवस्था गर्नुपर्ने ।
३. लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पशु चिकित्सक र प्राविधिकहरु सशक्त रुपमा परिचालन गर्नुपर्ने ।
४. लम्पी स्किन रोग नियन्त्रण र उपचारका लागी पयोग हुने औषधीहरुको बजारमा अभाव रहेकोले आवश्यक औषधीहरु उपलव्धता बढाउनु पर्ने ।
५. बिमा गरिको पशुहरुको बिमा बापतको क्षतिपुर्ति उपलव्ध गराउनु पर्ने ।
६. लम्पी स्किन रोगबाट मृत्यु भएका पशुहरु र पत्यक्ष रुपमा पभावित भएको कृषक ÷व्यवसायीहरुलाई राहतको कार्यक्रम ल्याउनु पर्ने ।

समृद्धि कृषि । १४ श्रावण २०८०, आईतवार १४:४४