एमाले कर्णाली अधिवेशन : गुलाबजंगको नेतृत्वमा बन्यो यस्तो टीम

याम शर्मा – नेकपा एमाले कर्णाली प्रदेश प्रथम अधिवेशन सम्पन्न भएको छ । मतगणना सकिएसँगै नयाँ नेतृत्व चयन गरेर अधिवेशन सम्पन्न भएको हो । मतदानमा जम्मा मत ६०४ खसेकोमा ५८० मत सदर भएको थियो । खसेको मत मध्य २४ मत बदर भएको निर्वाचन समिति प्रमुख मातृका खनालले  जानकारी दिएको छ्न।

प्रथम अधिवेशनमा एमाले कर्णाली प्रदेश कमिटी अध्यक्षमा सल्यानका गुलाबजंग शाह निर्वाचित भएका छन् । उनले ३६९ मत ल्याउँदै विजय हासिल गरे । अध्यक्षका निकटतम प्रतिस्पर्धी कालीकाेटका मीन बहादुर शाही र प्रकाश राेकायलाई हराउँदै उनी निर्वाचित भए । शाहीले २०७ मत ल्याए भने रोकायले ४ मत प्राप्त गरे। उपाध्यक्ष  टेकराज पछाईले २४२ मतसहित निर्वाचित बने भने लाल बहादुर महताराले १७६ मत ल्याउँदा दानसिंह परिवार ५९ मतमा सीमित भए ।
 सचिवमा ध्रुव बहादुर शाही ४०६ मतले विजयी हुँदा रूद्र बहादुर शाहीले १६९ मत ल्याएका छन् ।

त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्माले ३०० मतले विजेता बन्न सफल भए भने रमेश वहादुर शाहीले २६६ मत ल्याए ।  पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत ल्याएका छन् ।

तपाईको प्रतिक्रिया