मध्यरातमा भुकम्पको झट्का

सुर्खेत । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको रातोपाटीलाई बताए ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ’, उनले भने । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।

भूकम्पबाट जाजरकोटसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छै। केन्द्र बिन्दु भएको जाजरकोटका स्थानियहरु अहिले घर बाहिर बसेको दृष्य सामाजिक सन्जालमा आएका छ्न  ।

तपाईको प्रतिक्रिया