काठमाडौं सरकारले कृषि क्षेत्रको विकासका लागि ुकृषिमा लगानी दशकु घोषणा गरेको छ। मंगलबार आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले भूगोल,बजार सम्भाव्यता,कृषि उपजका आधारमा विशेष क्षेत्र घोषणा गरिने बताए।मन्त्री पुनले सरकार किसान र व्यवसायी मिलेर करार खेति प्रवर्द्धन गरिने बताए। कृषि उपज प्रशोधन र निर्यात गर्नेलाई उत्पादित उपजका आधारमा कर्जामा ब्याज,अनुदान, मल बिउ प्रदान गरिने भएको छ।
हिमाल र पहाडमा ५० रोपनी तथा तराईमा १० विघाभन्दा बढी जग्गामा एकीकरण र चक्लाबन्दी गरी व्यवसायिक खेति,पशुपालन गर्नेलाई मेसिनरी तथा पार्टपुर्जा खरिदमा कर छुट तथा कर्जामा ब्याज अनुदान दिइने बजेटमा उल्लेख छ।
समृद्धि कृषि । १५ जेष्ठ २०८१, मंगलवार १६:२४