गुणे धानखेतीतर्फ दैलेखका किसानको आकर्षण

दैलेख ५ मंसिर । कर्णाली प्रदेश सरकारले परम्परागत रैथाने बालीमा प्रवद्र्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् ।
नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि नौ रोपनीमा गुणे धान फलाएकाछन् ।
अन्य धानको तुलनामा गुणेको मूल्य बढी पाइने भएकाले आफूहरूले यो जातको धान लगाएको भैरवी गाउँपालिका–४ डाँडीमाडीका राजकुमारी आचार्यले बताईन् । दैलेखका नौमुले, क्षेत्र र नारायण नगरपालिकामा पहिले देखि गरिदै आएको गुणेधान खेती हाल डुङेश्वर, राकम कर्णाली, भैरवी, पादुकालगायत स्थानका खेतमा गुणे र कालोगुणे झुलिरहेका नारायण नगरपालीकाका कृषि अधिकृत खेमराज शर्माले बताए। जिल्लाको कुल खेतीयोग्य ४१ हजार १३१ हेक्टरमध्ये झण्डै आठ हजार हेक्टरमा धानखेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख राजु भूजले बताए ।
हरेक वर्ष दैलेखमा ३० हजार क्विण्टल टन गुणे धान उत्पादन हुने गरेको भएपनि बजारको माग पूरा हुन नसकेको दैलेखका व्यापारीहरुले बताएका छन् ।

 

तपाईको प्रतिक्रिया