कर्णालीमा १.९४ प्रतिशतले बढ्यो कृषि क्षेत्र

सुर्खेत – कर्णाली प्रदेशमा पछिल्लो समय कृषि बालीले ढाकेको क्षेत्रफलमा वृृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०र०८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १।९४ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

प्रमुख बालीमध्ये आर्थिक वर्ष २०८०र०८१ मा धान बालीले ढाकेको क्षेत्रफल ८.४८ प्रतिशत र मकै बालीले ढाकेको क्षेत्रफल २.१२ प्रतिशतले बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यस्तै, कर्णालीका प्रमुख बालीमध्येका गहुँ, कोदो, जौ र फापर खेतीले ढाकेको क्षेत्रफलमा भने कमी आएको पाइएको छ, जसमा गहुँले ढाकेको क्षेत्रफल ०.९७ प्रतिशत, कोदोले ढाकेको क्षेत्रफल २८.१६ प्रतिशत, जौले ढाकेको क्षेत्रफल ३३.३० प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफलमा २३.०१ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । तरकारी र बागवानी बालीले ढाकेको क्षेत्रफलमा भने वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्याङ्कअनुसार तरकारी बालीले ढाकेको क्षेत्रफल ३६.४० र बागवानी बालीले ढाकेको क्षेत्र ५।९८ प्रतिशतले वृद्धि भएको छ ।

यस आर्थिक वर्षमा प्रदेशभर समग्र कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान १२.०४, गहुँको उत्पादन ०।४३ प्रतिशतले वृद्धि हुँदा मकै, कोदो, जौ र फापरको उत्पादनमा भने ह्रास आएको छ, जसमा मकैमा ७.६१, कोदो १९.८७, जौ १८.९८ र फापरमा ८.४६ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०८०र०८१ मा कर्णाली प्रदेशभर दूध उत्पादन ७.८२ प्रतिशतले बढेको छ भने, माछा, मासु र अण्डा उत्पादनमा वृद्धि भएको छ, जसमा माछा ३.३४ प्रतिशत, मासु ६.५८ प्रतिशत र अण्डा ०.९० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

यस आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले जानकारी दिए । यसमा सहुलियतपूर्ण कर्जा प्रवाह नभएकाले घटेको देखिए पनि समग्रमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा सकरात्मक रहेको उनले बताए ।

समीक्षा अवधिमा प्रदेशमा भएका आर्थिक गतिविधिहरूको अध्ययन तथा विश्लेषण गरी नीति तर्जुमाका लागि सूचना एवं तथ्याङ्कको दायरा विस्तार गर्ने उद्देश्यले बर्सेनि प्रदेशको आर्थिक अवस्थाका बारेमा अध्ययन गर्ने गरिएको कोइराला बताउँछन् । साथै, प्रदेश अर्थतन्त्रका प्रमुख क्षेत्रहरू कृषि, उद्योग, सेवा तथा पूर्वाधारको समीक्षा अवधिको विश्लेषण गरी अर्थतन्त्रका प्रमुख क्षेत्रहरूमा देखिएका सम्भावना तथा चुनौतीहरू उजागर गर्नु, संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका मुख्य कार्यक्रम तथा परियोजनाहरूको प्रगतिको समीक्षा समावेश गर्नु तथा समीक्षा अवधिमा भएका आर्थिक गतिविधिहरूको आधारमा आगामी प्रक्षेपण गर्नु अध्ययनको मुख्य उद्देश्य रहेको प्रमुख कोइरालाले बताए ।

३.३९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान

राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०र०८१ मा कुल ग्रार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान राष्ट्र बैंकले गरेको छ । यसको आधारभूत मूल्यमा ३(५४ प्रतिशतले वृद्धि भएको अनुमान राष्ट्र बैंकको छ । यस्तै, आर्थिक वर्ष २०७९र०८० मा कुल ग्रार्हस्थ्य उत्पादन उत्पादकको मूल्यमा १।९५ प्रतिशत र आधारभूत मूल्यमा २.३१ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान राष्ट्र बैंकले गरेको छ ।

आर्थिकवर्ष २०८०र०८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर उत्पादकको मूल्यमा ३.३९ प्रतिशत रहेको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९र०८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहेको राष्ट्र बैंकको संशोधित अनुमान छ । समग्र राष्ट्रिय कुल ग्रार्हस्थ्य उत्पादनमा कर्णालीको योगदान ४.२८ प्रतिशत रहेको राष्ट्र बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको तथ्याङ्कमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया