पूर्वराज्यमन्त्री गणेश बहादुर खड्काको निधन

दैलेख ः पूर्वमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेस दैलेखका पूर्वसभापतिसमेत रहेका पूर्वराज्यमन्त्री खड्काको ८२ वर्षको उमेरमा निधन भएको हो । दैलेखको नारायण नगरपालिका वडा नं। ७ स्थित खड्काको निवासमा बिहीबार बिहान निधन भएको हो । खड्का विगत केही वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।
वि।सं। १९९९ श्रावण १९ गते जन्मिएका खड्का २०३४ देखि २०३७ सम्म, २०३९ देखि २०४८ सम्म र २०५७ देखि २०६७ सम्म काँग्रेस दैलेखको जिल्ला सभापति थिए । खड्का नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूका क्रममा खड्का पटक–पटक जेल जीवन, प्रहरी हिरासत र यातना बेहोरेका नेता हुन् ।
उनी वि।सं। २०४८ र २०५१ को आम निर्वाचनमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । यस्तै २०६४ मा संविधानसभा सदस्य पदमा दैलेख निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित भएका थिए । २०५६ मा सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए ।
खड्का वि।सं। २०५२ मंसिरमा भौतिक योजना तथा निर्माण एवं यातायात सहायक मन्त्री र २०६४ मा संविधान सभा सदस्य निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री बनेका थिए । नेपाली काँग्रेसले पूर्वराज्यमन्त्री खड्को निधनले पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुशल संगठनकर्ता,अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।
तपाईको प्रतिक्रिया