सुर्खेत ः सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले दशौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै वृहत सरसफाइ अभियान सुरु गरेको छ । खेलकुदको तयारीसँगै वीरेन्द्रनगरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले नगरपालिकाको आयोजनामा सरसफाइ अभियान थालिएको मेयर मोहनमाया ढकालले जानकारी दिइन् । शनिबार बिहान सुरु गरिएको सरसफाइ अभियानमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाही, सामाजिक विकास मन्त्री जीतबहादुर मल्ल, कृषि मन्त्री जुम्कित लामा, नगरप्रुमख मोहनमाया ढकाल लगायतको उपस्थिति रहेको थियो । मेयर ढकालका अनुसार वीरेन्द्रनगरका विभिन्न सडक, सार्वजनिक स्थल, खेलकुद आयोजना हुने क्षेत्र तथा आसपासका स्थानमा सरसफाइ गरिएको छ । उनका अनुसार सडकमा परेका खाल्डाखुल्डी पुर्ने, छेउमा रोपिएको विरुवाहरुमा पानी हाल्ने लगायतका काम पनि भएको छ । यस्तै, नगरपालिकाले स्थानीय नागरिक, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायको सहभागितामा
तपाईको प्रतिक्रिया

समृद्धि कृषि । १३ मंसिर २०८३, शनिबार २०:५६