एमालेले गरेका काम देखेर विरोधीहरु डराए :ओली

सुर्खेत । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले गरेका काम देखेर विरोधीहरु डराएको बताएका छन। आइतबर कालीकोट जिल्लाको रास्कोटमा भएको बृहत् चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्।
ओलीले मंसिर ४को निर्बाचनमा पनी एकालेको बहुमत आउने र घोषणा पत्रमा भएका बिस ग्यारेन्टि पुराहुने बताए।

विशेष गरेर नेकपा एमालेको सरकारले दुर्गम महिला तथा गर्भवतीहरुका लागि ल्याएको राष्ट्रपति उद्धार जस्ता कार्यक्रमबाट विरोधीहरू डराएको ओलीले बताएका हुन्। उनले भने, ‘कर्णाली प्रदेशका दुर्गम जिल्ला कालीकोट लगायतका जनतालाई राहत दिनकम लागि महिला प्रजनन स्वास्थ्यमा समस्या समाधानका लागि हेलिकोप्टरबाट उद्धार गर्ने काम ग¥यौँ। यी सबै कुरा देखेर विरोधीहरु डराएका छन्।

तपाईको प्रतिक्रिया