गठबन्धनका सयवटा स्यालले पनि एमालेको एउटा सिंहलाई घेराबन्दी गर्न नसक्ने पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
आइतबार नेकपा एमाले सुर्खेतले आयोजना गरेको बिशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँचपटक सम्म प्रधानमन्त्री बनेका काँग्रेस नेता शेरबहादुर देउवालाई प्रश्न गर्दै पाँचपटक प्रधानमन्त्री हुँदा के गर्नुभयो रु एउटा काम देखाइदिन आग्रह गरे ।नेकपा एमाले देशको बिकास र समृद्धि गर्ने पाटी भएको बताए।
एमालेले गरेका कामहरु जता फर्किएपनि देखिने भन्दै मनमोहन अधिकारीले १ सय रुपैयाँबाट सुरु गरेको सामाजिक सुरक्षा भत्ता आज महिनाको ४ हजार भएको, महिलाहरुलाई स्यानिटरी प्याड, गर्भवतीलाई हेली उद्धार,सडक, खानेपानी, रेल, गाउँगाउँमा स्वास्थ्य, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग लगाएतका थुप्रै कुराका लागि एमालेले नै पहल गरेको बताए ।
आँफुले पनि नागरिकको हितको लागि काम नगर्ने अनी एमालेले राम्रो काम गरेपछि किन पसीना निकाल्ने भन्दै ओलीले काँग्रेस–माओबादीलाई प्रश्न गरे ।
‘प्रचण्डले हामी तेस्रो शक्ती बन्छौं भन्नुहुन्छ , ओलीले भने“ आँफु जता गयो त्यतै सरकार बन्छ भन्ने भ्रम छ । बिचौलिया बनेर खान्छु भन्ने भ्रम त्याग्नुस प्रचण्डजी अब पहिलो शक्ती नेकपा एमाले हो ।”
गठबन्धनले देश लुटेर खाने, नागरिक रुवाएर खाने सोच बनाएको भन्दै अध्यक्ष ओलीले एमालेले सम्बृद्ध नेपाल सुखी नेपालीको सपना बोकेको बताए । देश अप्ठ्यारोमा पर्दा एमाले नै जनताको पक्षमा उभिने गरेको ओलीले सुनाए । साथै ओलीले देशमा कृषि स्कुल र क्याम्पसहरुको स्थापना एमाले सरकारले गरेको बताय ।
नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै ओलीले १७ हजार नागरिक मारेर, हजारौंलाई घाइते बनाएर शहिदका परिवार र घाइतेहरुलाई बोकेर हिँड्नुको साटो काँग्रेस बोकेर हिँडेको बताए ।
गठबन्धनमा बिचारै नमिल्ने बामपन्थी र दक्षिणपन्थीहरुले नागरिकको हितकोलागि भन्दा पनि आँफु अनुकुलको सरकार बनाउन गठबन्धन गरेको बताए । उनले गठबन्धन कुनैपनि हालतमा नटिक्ने भन्दै नागरिकहरुले एमालेलाई नै भोट दिएर पहिलो पार्टी बनाउने ठोकुवा समेत गरे ।

समृद्धि कृषि । २७ कार्तिक २०७९, आईतवार २०:२४