तरकारी बेचेर दश लाख कमाउछन बस्नेत

दैलेख । डुङ्गेश्वर गाउपालिका २ लाकुरीका खम्मबहादुर बस्नेतले तरकारी खेतीबाट बार्षिक दश लाख सम्म आम्दानी गर्ने गरेका छन ।
मौषमी तथा बेमौषमी तरकारी र सुन्तला उत्पादन गरि बिक्री गरेर बार्षिक दश लाख सम्म आम्दानी गर्ने गरेका हुन । उनले आफ्रनो बारिमा आलु दुइ सिजन लगाउने गरेको बताए आलु खेती बाट मात्र बाषिक ६ ÷७ लाख आम्दानी हुने बस्नेतले बताए ।
उनले गहु लगाउने पाखो बारिमा दश कुइन्टल आलुको बिउ लगाएका छन । आलु खेती बाट यो सिजनमा करिब ३ देखी ४ लाख सम्म आम्दानी हुने बस्नेतले बताए । उनले भने गहु लगाउदा बढिमा तीस हजारको पनी हुन्थेन तरकारी खेती बाट राम्रै आम्दानी भएको छ । अहिले उनको बारीमा सिजनल सबै तरकारीहरु समेत ब्याबसायिक रुपमा लगाएका छन ।
धैरे मानीस बिदेश जाने गरेका छन , स्वदेशमा नेै गर्न सके सुन फलाउन सकीन्छ । कृषिमा छोटो समयमा नै आम्दानी लिन सकिने र बचेको समय मात्र प्रयोग गर्न सके राम्रो आम्दानी हुने बस्नेत बताउछन ।
युएन डि पि र डुङ्गेश्वर गाउपालिका को सहयोग तथा महिला शसक्तीकरण मञ्च नेपाल दैलख ग्रिन रिकभरी परियोजना अन्तरगत एक वटा पक्की प्लाष्टिक टनेल निर्माण गरि दिएको छ । टनेल निर्माण भएपछी उनले सो टनेलमा सुन्तला जात फलफुल नर्सरी स्थापना गर्नै थापाले बताए ।
शिक्षण पेसामा संलग्न रहेका बस्नेतले सिवालय प्राथमिक बिधालयमा करार नियुक्तीमा पढाउने गर्दछन । उनले जागीरले भन्दा पनी तरकारी खेतीले तिन ओटी छोरीलाइ उच्च शिक्षा समेत पढाइ सकेका छन । बिहान र साझको समय मात्र कृषि पेसामा लगाएका छन ।
बस्नेतको बारीमा अहिले लटरम्म फलेको सुन्तला किन्न घरमै ग्राहक आउदा उनलाई झन हौसला मिलेको छ । यस पटक मात्र उनले करिब तीन लाख को सुन्तला बगैचा बाटै बिक्रि गरेको बस्नेतले बताए ।
बस्नेतले गरे जस्तै कृषिमा आधुनीकरण गर्न सके गाउमानै रोजगारी सृर्जना हुनसक्ने महिला शसक्तीकरण मञ्चका अध्यक्ष सुनिता चन्दले बताइन । चन्दले बिदेशिने युबाहरुले देशमानै ब्यबशायिक कृषि गरे मनग्य आम्दानी हुने समेत बताइन ।

तपाईको प्रतिक्रिया