युरियाको स्रोत चिनौं, बकुल्ला लगाऔं

 

डा बद्रीप्रकाश ओझा
अंग्रेजीमा ब्रोड बिन्ज भनिने बकुल्ला सबैतिर लोकप्रिय तरकारी मानिन्छ । यसको सबैभन्दा ठूलो फाइदा भनेको बकुल्ला नियमित खाने मानिसलाई अल्झाइमर्स रोग लाग्दैन । अल्झाइमर्स निकै खतरा रोग हो । यसको उपचार पनि खासै छैन ।

बकुल्लामा पाइने विभिन्न थरिका पौष्टिक तत्वले मानिसको मष्तिक विकासमा पनि ठूलो भूमिका खेल्ने पोषणविदहरुको तर्क छ । शरीरको तौल घटाउँनमा पनि यो अचुक दबाइ हो भने यसको नियमित सेवनबाट सन्तान नहुनेलाई पनि सन्तान प्राप्ति हुनसक्छ, भनिन्छ । हड्डी बलियो पार्न, रक्तअल्पताबाट मुक्ति पाउँन तथा मुटुसम्बन्धी रोगबाट मुक्त हुन पनि बकुल्ला अचूक दबाइ हो । दुधको एलर्जी हुनेहरुका लागि तथा भेगन खाना खानेका लागि भान्सामा नभइनहुने वस्तुमा पर्छ, बकुल्ला ।

यी त भए बकुल्लाका स्वास्थ्य लाभहरु । तर यहाँ हामी बकुल्लाले कसरी नाइट्रोजन तान्छ र छिमेकीलाई दिन्छभन्ने बारे छलफल गर्दैछौं ।

अब नेपालमा युरिया मल आउँदैन । अहिलेको बजेट सिस्टममा रसायनिक मलका लागि अब सरकारले कमै लगानी गर्ला । यसको एउटै कारण हो, विवदेशमा यसको भाउ आकासिनु । युरियाको भाउ गत सालका तुलनामा करिव तीन गुणाले बढेको छ । पोहोर साल एक मेट्रिक टनको तीन सय अमेरिकी डलरमा पाइन्थ्यो भने यस वर्ष एक हजार ६८ डलर पुग्यो । अनि कहाँबाट आउँछ त मल ।

त्यसैले अब हामीले हावाबाट कसरी नाइट्रोजन लिने भन्नेबारे सोच्नुपर्दछ । त्यसैले अब यस्ता किसिमका बालि लगाउँ जसले माटो सुधार पनि गरोस् र बजारमा पनि हाताहाती बिकोस् ।

अहिले सहरमा कौशी खेति सप्रिएको छ । कौशी र करेंसामा लगाइएका दुईचार बोट तरकारीले पनि काठमाडौंको बजारमा १२ प्रतिशत स्थान आगटेको जीन बैंकका प्रमूख वैज्ञानिले आफ्नो पुस्तकामा उल्लेख गरेका छन् । सोही करेंसा र कौशीमा पनि वर्षको एक पटक बकुल्ला लगाए रसायनिक मलको आवश्यकता पर्दैन ।

बकुल्लाको जरामा बस्ने एक किसिमको अजोटोब्याक्टर नामक ब्याक्टेरियाले हावाबाट नाइट्रोजन तान्छ र विरुवालाई दिन्छ । बकुल्लाले आधा खान्छ र खाइ नसकेको नाइट्रोजन छेउको विरुवाले लिन्छ र त्यसले पनि खाइनसकेको माटोमै रहन्छ ।

त्यसपछि लगाइने विरुवाले फेरि सोही मल खान पाउँछ । त्यसैले बकुल्लाको बोट काट्दा उखेल्नुहुँदैन । यसको डाँठलाई काटेर पशुदानामा प्रयोग गर्नसकिन्छ भने यसलाई छापोका रुपमा पनि अरु विरुवाका लागि काम दिन्छ । यसैगरी यसले मौरी पालनमा पनि सहयोग गर्दछ । यसको फूल ढकमक्क फूल्ने हुनाले मौरी आकर्षित हुन्छ । यसबाट परागसेचनमा वृद्धि भई बकुल्लामा पनि बढी फल लाग्छ ।

यदि बकुल्लालाई मलका रुपमा प्रयोग गर्ने भए यसमा राम्ररी कोसा लागेपछि काट्नुपर्छ । ससाना टुक्रा बनाएर माटोमा छोपिनेगरी पुर्नुपर्छ । त्यसपछि बढी नाइट्रोजन चाहिँने तरकारीहरु जस्तैः गोलभेंडा, फर्सी आदि लगाए राम्ररी फस्टाउँछ । तर यसरी बकुल्ला काटेर पुरेको तीन सातापछि मात्र विरुवा रोप्नुपर्दछ ।

बकुल्ला सामान्यतया २५ डिग्री सेल्सियसभन्दा बढी तातो हुने बेलामा फल्दैन । तर काठमाडौं र मध्यपहाडमा जहिल्यै लगाए पनि हुन्छ । काठमाडौंमा बाहिरी तापक्रम ३०,३२ पुगे पनि माटोको तापक्रम त्यति बढी हुँदैन ।

कुनै पनि खाद्यवस्तुका लागि २२ डिग्री सबैभन्दा सहज तापक्रम हो ।

मलका लागि मात्र भए बकुल्ला जहिल्यै पनि रोप्न सकिन्छ । माटोको पीएच ६।८ सम्म यसले सहन्छ तर दैनिक कम्तिमा पनि आठघन्टा धाम लाग्नैपर्छ । यसमा गोठेमल हाले पुग्छ । युरिया हाल्नुपर्दैन । त्यस्तै धेरै नाइट्रोजन हुने पन्छीको मल तथा माछा सफा गर्दा निस्कने मल प्रयोग गर्नुपर्दैन । तर पोटास र कृषि चुन हाल्नुपर्दछ ।

कौशीमा लगाउँने भए एउटा १० केजी अट्ने गमलामा १० वटासम्म विरुवा लगाए बाक्लो हुँदैन ।

सामान्यतया १५ सातामा फल्छ ।

बकुल्लाको तरकारी केलाउँदा निस्केको झुत्राहरु कहिल्यै नफाल्नुहोला । सके एउटा बाल्टीमा जम्मा गरे मल बन्छ, माटोमा पूरे पनि हुन्छ । छिमेकीलाई दिए पनि हुन्छ । केही भएन भने आफ्नो घरनजिकै रहेको कुनैपनि रुखको फेदमा हालिदिनुहोस् धर्महुन्छ ।

तपाईको प्रतिक्रिया