दैलेख । मंसिर ४ को निर्बाचनमा दैलेखका सबै क्षेत्रमा एमालेको जित सुनिश्चित भएको एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभा निर्बाचन क्षेत्र १ का उम्मेदबार रबिन्द्रराज शर्मालेबताए । एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधि सभा सदश्य पदका उम्मेदबार समेत रहेका शर्माले दैलेखको समग्र बिकास गर्नका लागी सुर्यमा मतदान गर्न समेत सबै जनतालाइ आग्रह गरेका छन ।
अध्यक्ष शर्माले एमाले देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको पार्टी भएको बताएका छन । दैलेख निर्बाचन क्षत्र १ मा आयोजित बिभिन्न चुनावी सभामा शर्माले गठबन्धनमा रहेका दलहरूले राष्ट्रका लागि एउटा पनि राम्रा काम गर्न नसकेको भन्दै देशको रक्षा, भौगोलिक अखण्डता र राष्ट्रिय स्वन्त्रताका लागि जन्मिएको एमालेले सयौँ राम्रा काम गरेको बताएका छन ।सेटिङ र जालझेल गरेर एमालृलाई सरकारबाट हटाइएको तर्क गरे । शर्माले वर्तमान सरकारले बजेट बनाउनेदेखि सबै काममा सेटिङ गर्दै राज्यलाई लुट्ने काम गरेको आरोप लगाउए ।
एमाले सरकारले सुरु गरेको विभिन्न राजमार्ग लगायतका अन्य विकास निर्माणका कामलाई अहिलेको सरकारले अलपत्र पारेको उनको भनाइ छ ।
अध्यक्ष शर्माले यसपटकको निर्वाचनले देशको भविष्यको फैसला गर्ने भन्दै फुटेका हाडीको गठबन्धनलाई नभएर एमालेलाई निर्वाचित गर्नुपर्ने बताए । दैलेखको समग्र विकासका लागि एमालेका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो । शर्माले दैलेखको बिकासको लागी एमालेलेलाइ जिताउनु पर्ने बताए ।

समृद्धि कृषि । २८ कार्तिक २०७९, सोमबार १३:४३