आलुमा लाग्ने प्रमुख रोगहरु के-के हुन् ? तिनको पहिचान र व्यवस्थापन तथा नियन्त्रणका उपाय

नेपालमा आलुबाली कूल उत्पादनको आधारमा धान, मकै र गहुँ पछिको चौथो प्रमुख बालीको रुपमा रहेको छ । क्षेत्रफलको आधारमा भने यो बाली छैठौं स्थानमा पर्दछ । पहाडी क्षेत्रमा आलुलाई मुख्य खाद्य बालीको रुपमा लिइन्छ भने मध्य पहाड तथा तराइ क्षेत्रमा प्रमख तरकारीको रुपमा लिइन्छ नेपालको आलुखेती सबै जिल्लाहरुमा र तराइको होचो मैदानदेखि उच्च पहाडको ४,४०० मीटरको उचाइ सम्ममा सफलता साथ हुँदै आएको छ ।

संसारका अन्य विकसित तथा छिमेकी देशहरुको तुलनामा नेपालमा आलुको सरदर उत्पादन १०.९ टन हेक्टर मात्र छ, जुन निकै न्यून देखिन्छ । उत्पादन कम हुनका विविध कारणहरु अगाडि छन् । आलु माटोमुनी फल्ने नरम प्रकृतिको र आलुको गेडा नै बीउको रुपमा प्रयोग हुने हुँदा आलुको डाँठ, पात, जरा र दानामा अनेक किसिमका रोग तथा कीराहरुको आक्रमण हुने गर्दछ ।

आलुमा लाग्ने बिनाशकारी रोगहरु तथा कीराहरुको समयमै पहिचान गरी उचित व्यवस्थापन गर्न नसकेमा आलुबालीलाई ठूलो मात्रामा नोक्सान पुऱ्याउन सक्दछन् । हाल सम्मको अध्ययन, अनुसन्धान तथा सर्भेक्षण अनुसार आलु बालीमा करीब ४० भन्दा बढी किसिमका कीराहरु आलुमा लाग्ने रोगहरु मध्ये नेपालमा डढूवा, खैरो पिपचक्के, कालो खोस्टे, ऐजेरु, साधारण दाद र विभिन्न प्रकारका भाइरस रोगहरु प्रमुख समस्याको रुपमा अगाडि छन् ।

यस बालीमा लाग्ने प्रमुख कीराहरुमा आरुको लाही कीरा, आलुको पुतली, फेदकटुवा, खुनेकीरा, रातोकमिला, थोप्ले खप्टे र आलुको वित्तेलाभ्रे आदि छन्। माथि उल्लेखित रोगहरु र कीराहरुबाट आलुबालीमा सिर्जित समस्याहरुको। समाधानका लागि रासायनिक विषादीहरुको प्रयोग खर्चिलो, उपयुक्त विषादीहरुको  अभाव, विषादीको प्रयोग सम्बन्धि ज्ञानमा राम्रो दखल नभएर प्रभावकारी रुपमा यसको प्रयोग हुन नसक्ने भएकोले भण्डार तथा खेतवारीमा सरसफाइ गर्ने, उपयुक्त बालीचक्र पद्धति अपनाउने, रोग अवरोधक उन्नत जातहरुको प्रयोग र बीउ उपचार गर्ने जस्ता एकिकृत उपायहरुमा बढी जोड दिनु राम्रो हुन्छ ।

प्रमुख रोगहरू र तिनको नियन्त्रण
(क) दूसीजनित रोगहरू (Fungal Diseases)

१. पछौटे डवा (Late Blight)

यो रोग फाइटोप्थोरा इन्फेस्टान्स् (Phytophthora infestans) नामको ढूसीले गर्दा लाग्दछ । आलुबालीमा यो रोग विश्वमा नै प्रमुख समस्याको रुपमा रहेको छ भने नेपालमा पनि आलु खेती गरिने अधिराज्यका सबै क्षेत्रमा प्रमुख समस्याको रुपमा रहँदै आएको छ । पहाडी क्षेत्रमा बर्षेनी ठूलो प्रकोपको रुपमा यो रोग देखापर्दछ भने तराई क्षेत्रमा केही बर्ष विराएर संक्रामक रुपमा देखा पर्दछ । यस रोगले अवस्था हेरी आलुको उत्पादनमा ५० प्रतिशत वा सो भन्दा बढी ह्रास पुऱ्याउन सक्ने अनुमान गरिएको छ । रोगको प्रकोप र परिमाण मौसमको अवस्था, खेती गरिने आलुको जात तथा आलुको उमेरमा निर्भर गर्ने हुनाले प्रत्येक बर्ष नोक्सानीको। परिमाण पनि फरक हुन सक्दछ ।

रोगको लक्षण

– पातको किनारामा हल्का खैरो तथा गाढा हरियो दाग देखा पर्दछ र पछि पात पानीले भिजेको जस्तो देखिन्छ र पछि गएर डाँठमा पनि आक्रमण गर्दछ । आर्द्र मौसममा पातको तल्लो भागमा कपास जस्तो ढूसी देखा पर्दछ।

– जीवाणुको प्रकोप आलुका दानामा भएमा दानाको बाहिरी सतहमा केही दवेका खैरा तथा बैजनी रङ्गका दागहरु
देखा पर्दछन्।

– पछि गएर दानाको सतह खम्चने तथा गदिमा गाढा खैरो रङ्गको दाग देखा पर्दछ।

रोगको लागी अनुकूल वातावरण

– तापक्रम : १०-२० डिग्री सेल्सियस ।
आर्द्रता : ८०-९० प्रतिशत ।

– दिउँसो बादल वा कुहिरो लाग्नु छिन छिनमा पानी पर्नु ।

– रातमा अत्यधिक मात्रामा शित पर्नु ।

– हल्का हावा चल्नु आदि ।

रोग फैलने प्रमुख माध्यमहरू

– रोगग्रस्त बीउ आलुबाट ।

– गोलभेंडा तथा सोलानेसी परिवार (आलु परिवार) अन्तर्गत पर्ने भारहरुबाट खेतवारीको छेउछाउमा उम्रेका रोगग्रस्त नावो आलुका बोटहरुबाट ।

रोकथामका उपायहरू

– रोग सहन सक्ने वा कम रोग लाग्ने आलुका जातहरु जस्तै खुमल सेतो-१, जनकदेव, खुमल रातो-२, कुफ्रि बादशाह, एन.पि.आइ.-१०६, सि.एफ, एम, पेरीकोली, सि.एफ.जे. आदि को खेती गर्ने।

– स्वस्थ बीउ आलुको प्रयोग गर्ने ।

– उपयुक्त समय भित्र रोपाइ सम्पन्न गरी सक्ने ।

– सिफारिस गरिएको तरिकाले (धेरै बाक्लो गरी नलगाउने, लाइनमा लगाउने, सिफारिस मलको मात्रा प्रयोग गर्ने र उपयुक्त मात्रामा सिंचाई गर्ने ) खेती गर्ने ।

– आलुको बोटमा रोगको शंका हुनासाथ रक्षात्मक रोग नाशक विषादी इण्डोफिल एम-४५ को धूलो २.५ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा
पुरै पात भिज्ने गरी छर्ने ।

– रोग देखिन थालेपछि उपचारात्मक रोग नाशक बिषादी क्रिल्याक्सील अथवा क्रिनोक्सील, रीडोमीलको धूलो १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ १५-२०१ दिनको फरकमा छने । आलु खन्ने समयमा रोग लागेका आलुका दाना तथा बोटहरु संकलन गरी उचित व्यवस्थापन गर्ने ।

२. ऐंजेल (Wart)

ऐंजेरु रोगको ढ्सी सिंकाइट्रिअम इण्डोबायोटिकम् (Synchytrium endobioticm) हो । नेपालको उच्च पहाडी क्षेत्रमा विद्यमान यो रोग ढुसीबाट हुन्छ । यसले उत्पादनमा कहिलेकाँही ९० प्रतिशतसम्म पनि नोक्सान पुयाउन सक्ने अनुमान गरिएको छ । यो रोग नेपालको पूर्व इलामबाट शुरु भै क्रमैसंग धनकुटा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, रसुवा तथा गोरखासम्म देखिन थालेको छ । यस रोगका जीवाणुले एकपटक माटोमा प्रवेश पाइसकेपछि आलुबाली विना पनि विसौं वर्षसम्म बाँचिरहन सक्दछ।

रोगको लक्षण

• यो रोगको जीवाणुले जरामा बाहेक विरुवाको सबै भागमा असर गर्ने भएकोले बिरुवाको बृद्धिमा खासै फरक नपर्ने र टाढाबाट बोट मात्र हेरेर पहिचान गर्न केही कठिन हुनसक्छ । आलुको दानाको आँखामा काउली जस्तो ऐंजेरु देखापर्दछ। माटो मुनीको ऐंजेरु सेतो र बाहिरको हरियो हुन्छ र पछि विस्तारै खैरो तथा कालो भै
कुहिन शुरु गर्दछ।

रोग सर्ने मुख्य माध्यमहरू

– रोगी बीउ आलुको प्रयोगबाट ।

– रोगको ढूसीयुक्त माटोबाट ।

रोकथामका उपायहरू

– रोग अवरोधक आलुका जातहरु जस्तै कुफिज्योती, डेजीरे, कार्डिनल, खुमल सेतो-१, खुमल रातो-२, एन.पि.आइ १०६, जनकदेव आदिको खेती गर्ने ।
– रोगग्रस्त आलु दाना तथा विरुवाहरुलाई गहिरो खाल्टोमा पुर्ने वा जलाउने ।

– रोगग्रस्त आलु गाई बस्तुलाई नखुवाउने ।

– मकै वा गहुँ बाली समावेश भएको ५ बर्ष भन्दा बढीको बालीचक्र अपनाउने ।

– रोग देखिएको जमिनमा बीउ आलु उत्पादन कार्यक्रम बन्द गर्ने ।

– रोगी माटोमा फलाइएका आलु बीउको रुपमा आफूले पनि प्रयोग नगर्ने र अरु बीउ खरिद गर्न आउनेलाई पनि बिक्री वितरण नगर्ने ।

३. कालोखोस्टे (Black Scurf)
यो रोगको ढूसी राइजोक्टोनीया सोलानी (Rhizoctonia solani) हो । यो रोग नेपाल अधिराज्यको तराई क्षेत्रमा प्रमुख समस्याको रुपमा रहेको छ र पहाडी क्षेत्रहरुमा पनि फाटफुट देखिन थालेको छ । यस रोगका जीवाणुले आलु बाहेक केराउ, काउली, बन्दा, मूला आदि बालीहरुमा पनि आक्रमण गरी नोक्सान पुऱ्याउँदछ।

रोग फैलने प्रमुख माध्यमहरू

– रोगी बीउ आलुको प्रयोगबाट ।

– रोगी माटोबाट।

रोगको लक्षण

– माटोको सतहमा विरुवाको वरिपरि कालोखैरो दाग देखापर्दछ र आर्द्र मौसममा सेतो ढूसी पनि देखापर्दछ।

– पातहरु बाक्लिएर माथितिर दोब्रिएका हुन्छन् र माथिल्ला पातहरुको रङ्ग हल्का र तो हुन्छ।

– रोगी बीउ रोपेमा निस्कन लागेको टुसा मर्न थाल्दछ।

– आलुको तान्द्रा छोटो भई विभिन्न आकार का साना ठूला आलुहरु एकै ठाउँमा गुचुमुचु भइ फलेका हुन्छन् ।

– रोग लागेको विरुवाको डाँठ र पातको अन्तरमा साना आलु पनि फल्न थाल्दछ ।

– आलुको दानामा विभिन्न आकारको कडा कालो खोस्टाहरु देखा पर्दछन् जुन। पानीले सजिलै पखालिदैन । यसले दानाको भित्री भागमा खासै असर गरेको
देखिदैन ।

रोकथामका उपायहरू

– स्वस्थ बीउ आलुको प्रयोग गर्ने ।

– धेरै चिसो माटोमा आलु नरोप्ने ।
– राम्ररी टुसाएको बीउ आलु प्रयोग गर्ने र धेरै गहिराइमा नरोप्ने ।

– स्वस्थ तथा निरोगी आलखेती प्रविधि अपनाउने जसले गर्दा रोगको प्रकोप कम हुन सक्दछ।

– आलु खन्ने समय पुगेपछि ढिला नगरि तुरुन्त खन्ने कार्य सम्पन्न गर्नुपर्दछ। यसले गर्दा रोग सबै दानामा पुग्नबाट बचाउन सकिन्छ ।

– अन्नबाली समावेश गरी बालीचक्र अपनाउने ।

– बीउ आल्लाई रोप्नु भन्दा पहिला ३ प्रतिशत एसिटिक एसिड (३० ग्राम प्रति लिटर पानीमा) को झोल वा ३ प्रतिशत बोरीक एसिडको झोल (३०॥ ग्राम लिटर पानी ) मा २०-३० मिनेट डुबाई उपचार गरी लगाउने ।यसैगरि रोप्नुभन्दा पहिला डेरोसल ५० प्रतिशतको धूलो १- १.५ ग्राम प्रति लिटर पानीका दरले बनाएको घोलमा ५ मिनेट बीउ आलुलाई डुबाई सकेपछि मात्र रोप्ने ।

४. अगौटे अथवा थोप्ले डवूवा (Early Blight)
यो रोगको ढूसी अल्टनेरिया सोलानी (Alternaria solani) हो । आलुबालीमा पहाडी तथा तराइ दुवै क्षेत्रमा यो रोग देखापर्न सक्दछ । प्रायः यो रोग आलुबाली छिप्पिने समयतिर बोटको तल्लो पातहरुमा देखापर्दछ ।

रोगको लक्षण

– पातमा स-साना काला खैरा थोप्लाहरु देखा पर्दछन् र पछि गएर ती दागहरु नियमित चक्र बन्न थाल्दछ। बिस्तारै खैरा दागहरु ठूला भएर एक आपसमा जोडी पूरा पात डढेर झर्दछ । पछि डाँठ तथा आलुका दानामा पनि यो रोगले आक्रमण गर्न सक्दछ ।

 रोकथामका उपायहरू

– ईण्डोफिल एम-४५ को धूलो २ ग्राम लिटरका दरले पानीमा मिसाइ।

– आलुको पुरै पातमा पर्ने गरी छर्कनु पर्दछ । स्वस्थ बीउ आलुको प्रयोग गर्ने ।

– कमजोर वा नसप्रेको बालीमा बढी रोग देखिने भएकोले स्वस्थ खेती प्रविधि अपनाउनु बेस हुन्छ।

५. डाँठको फेद कुहिने रोग (Stem Rot)

यो रोगको जीवाणुको नाम स्ल्के रोसिअम रोल्फसी (Sclerotium rolfsii) हो । यो रोग प्राय: गरेर उष्ण र आर्द्र हावापानी भएको तराई क्षेत्रमा बढी देखा पर्ने। गर्दछ। रोगको लक्षण

– रोगी बोटको माटोसंग जोडिएको डाँठमा खैरो दाग देखिन्छ ।

– रोगी बोटहरु दिउँसो पख ओइलाउन थाल्दछन् ।

– आलुको बोट पहेंलो देखिन थाल्दछ।

– बढी आर्द्र मौसम भएमा रोगी आलु को डाँठमा, दानामा र माटोमा पनि सेतो इसी देखिन्छ।

– रोगको पछिल्ला अवस्थामा पहिले सेतो र पछि खैरो भएर जाने सर्यका दाना जस्ता स्ल्केरोसियाका दानाहरु देखिन थाल्दछन् ।

रोकथामका उपायहरू

– खेतबारीको राम्रो सरसफाइ गर्ने ।

– रोग लागेका आलुका बोट तथा दानाहरु संभव भएसम्म जलाइ दिनुपर्दछ ।

– सुख्खा मौसम भएको बेला पारी आलु खन्ने काम गर्नुपर्दछ ।

६. सुख्खा सडन (Dry Rot)

सुख्खा सडन रोगको जीवाणुको नाम फ्यूजारिअम सिरुलिअम (Fusarium caerulium) हो। यस रोगले आलुको भण्डारणमा तथा लामो ढुवानीको अवस्थामा हानी पुयाउँछ । यो रोगको जिवाणु माटोमा रहेका हुन्छन् र दानामा चोटपटक लागेको स्थानबाट रोगका जीवाणहरुले सजिलै आक्रमण गर्दछन् ।

रोगको लक्षण

– रोगी दानाको रोगग्रस्थ भाग हल्का खैरो र पछि कालो भएर जान्छ ।

– कुहिएको गुदि सुकेर दविएको हुन्छ र बाहिरबाट खुचिम्दै चक्रहरु परेको जस्तो देखिन्छ।

– आलुका आँखा, छिद्रहरु (Lenticells) वा घाउमा ढूसीको थुप्रो पनि देखा पर्न सक्दछ।

– तापक्रम बढी भएमा गुदी भिजेको जस्तो र नरम हुन्छ पछि त्यसमा अन्य जीवाणुको आक्रमण भएमा गुदी गिलो भई सड्ने पनि हुन सक्दछ ।

– तापक्रम कम भएमा कुहिएका तन्तुहरु सुख्खा र कडा वा कहिलेकाँही धूलोजस्तो पनि हुन सक्दछ ।

– तापक्रम बढी भएमा कहिलेकाँही आलु दाना भित्र भित्रै कुहिदै खोक्रो भएर जान्छ।

– रोगको आक्रमणले गर्दा उम्रेका आलका बोटहरुको तल्ला पातहरु पहेंलिने र माथिल्ला पातहरु दागी भएर बोटहरु ओइलाउन थाल्दछन् ।

रोकथामका उपायहरू

– स्वस्थ बीउ आलुको प्रयोग गर्ने ।
– रोगग्रस्त आलु दानाहरु जम्मा गरी पुरी दिनुपर्दछ । .

– आलु खन्दा, ओसारपसार तथा ग्रेडिङ आदि कार्य गर्दा आलुमा चोटपटक लाग्न दिनुहुँदैन।

– भण्डारण गर्नु भन्दा पहिला आल्को घाउ पुर्न र बोक्रा छिपिन आवश्यक व्यवस्था मिलाउनु पर्दछ।

– अन्नबाली समावेश गरी ३-४ बर्षको घुम्तेबाली अपनाउनु पर्दछ ।

७. धूले दाद (Powdery Scab)
यो रोग नेपालको मध्य पहाडी क्षेत्रहरुमा फाटफुट रुपमा देखा पर्न थालेको छ । धूले दादको ढूसी स्पंगोस्पोरा सवटेरानिया (Spongospora subterranea) हो ।। बिशेषगरि यो रोगले आलुको दानामा आक्रमण गर्ने भएकाले रोग लागेको दानाहरुको व्यापारिक महत्व कम हुन जान्छ । धेरै बर्षा हुने, पानीको राम्रो निकास नभएको र आर्द्र मौसम भएको समय वा स्थानमा यो रोगको प्रकोप बढ्दछ । सुख्खा र गर्मी भएमा रोग देखा पर्न सक्दैन ।

रोगको लक्षण
यो रोगले माटोमुनिको सबै भागमा असर पार्न सक्दछ तर आलुको दानामा बिशेष असर पार्दछ। कलिलो आलुको बोक्रामा सानो, गोलो र सतह केही उठेका आलपीनको टाउको जस्ता हलुका खैरा दागहरु अलग अलग वा समूहमा देखा पर्दछन्। बिस्तारै यी दागहरु ठूला हुन थाल्दछन् र छिप्पिसकेपछि दागहरु फटी वरिपरी उप्केका पाप्रा देखिन्छ र त्यस भित्र खैरो कालो धूलो जस्तो जीवाणुहरु देखा पर्दछन् । रोगका जीवाणुले आलुको जरामा आक्रमण गरेमा जरामा स-साना गिर्खाहरु। (१०-१५ मिलीमिटर आकारका) देखा पर्दछन् । शुरुका अवस्थामा यी गिर्खाहरु जराकै रंगका हुन्छन र पछि कालो रंगमा परिणत हुन्छन् ।

रोग फैलिने मुख्य माध्यमहरू

– रोगग्रस्त बीउ आलुबाट ।

– रोगी माटोबाट।

रोकथामका उपायहरू

– प्रभावकारी नियन्त्रणको उपायहरु खासै नभएतापनि रोगमुक्त बीउको प्रयोगसबैभन्दा उत्तम उपाय मानिन्छ ।

– अन्नबाली समावेश गरिएको घुम्ते बालीचक्र अपनाउने ।

–  आलु लगाउँदा पानीको राम्रो निकासको व्यवस्था मिलाउने संभव भए रोग अवरोधक आलुका जातहरुको खेती गर्ने ।

तपाईको प्रतिक्रिया