दैलेख। दैलेखको दुल्लु कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । दुल्लु नगरपालीका का किसानले एउटा याममै लाखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ पुराना सुन्तलाका बोट मरेर सखाप भएका छन् ।
बर्सेनि उत्पादनमा ह्रास आएको छ । आ ब २०७५ देखी प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना संचालन भएपछी पुन नया बोट लगाउन सुरु गरियको छ । दुल्लु क्षेत्रभित्र करिब ६ सय ८९ हेक्टर क्षेत्रफलमा नया बोट लगाइएको छ ।
सुन्तलामा लाग्ने ग्रिनिङ , सिट्ससिला र अन्य सिट्सजातका फलफुमा लाग्ने रोगका कारण पुराना बोटहरु करिब ७० प्रतिशत मरेर सखाप भएका छन् ।
नया तथा पुराना बोटमा अहिले जोन संचालन भएपछी कृषकलाई तालिम तथा प्रबिधि सम्बन्धि जानकारी प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजनाले दिने गरेको परियोजना कार्यन्यन इकाइ दैलेखका प्रमुख गणेश कुमार केसीले बताए ।
के सीले भने जलबायु परिबर्तनका कारण र बिभिन्न रोगका कारण सुन्तला उत्पादनमा चुनौति थपिदै गयको छ तर पनी कार्यक्रमले किसानलाइनै दक्ष बाएकोले किसान आफैले पनी गोडमेल र औषधि उपचार गर्ने दक्ष भएको बताए ।
परियोजनाले त्यहाका किसानलाइ ५० प्रतिशत अनुदानमा सुन्तलाका बोट समेत उपलब्ध गराउने गरेको छ। कृषि अधिकृत कृषि अधिकृत केसिले भने किसानले सुन्तलाको व्यवस्थापनको पक्षमा ध्यान नदिँदा समस्या आएको बताए ।
उनले सुन्तलाको गोडमेल, काँटछाँट र मलजलमा ध्यान दिनुपर्ने भन्दै सुन्तलाको बोटको टुप्पा सुक्ने समस्या देशभर रहेको बताउनुभयो ।विसं २०५० देखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएको कृषकहरु बताउ छन । “विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेको कृषकहरु बताउ छन ।
पुराना बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ ।
सुन्तलामा रोगले पात झर्दै गएका छन् । बोट सुक्दै गएका छन् ।

समृद्धि कृषि । ४ पुष २०७९, सोमबार ०८:४३