सुर्खेत । मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले सफल भइन्छ भन्ने राम्रै उदाहरण बनेका छन । बिरेन्द्रनगर नगरपालिका ९ सुर्खेतमा गाईपालन व्यवसाय सञ्चालन गर्दै आएका छबिलाल खड्का ।
बिरेन्द्रनगर नगरपालिका ९ सुर्खेतका खड्काले गाई पालन गरेर मासिक रु ६० हजार र तरकारी खेतीबाट करिब ४० हजार आम्दानी गर्दै आएका छन ।
खड्का कृषि फार्मको स्थापना गरी गाई पालन गर्दै आएको उनले बताए । खड्काले रु २० लाख लगानीमा सुरुको समयमा १० गाइबाट आफ्नो व्यवसाय सुरुआत गरेका थि । अहिले उनको गोठमा २५ गाई छन् । पच्चिस गाइ मध्य १० गाइ दुहुना रहेका छन ।
दुई बर्ष इजरायल बसेर नेपाल फर्केका खड्काले आफ्नै ठाउमा गाईपालन संगै तरकारी खेती सुरु गरेका हुन । बिदेशमा गएर दुख गर्नु भन्दा आफ्नै ठाउमा कृषिमा केही नया गर्नुपर्छ भन्दै गाईपालन व्यवसाय सुरु गरेको हुँ, यस व्यवसायबाट राम्रै आम्दानी भएको छ”, खड्काले भने ।
उनको गोठबाट हाल दैनिक १०० लिटर दूध उत्पादन हुन्छ । उत्पादन भएको दूध सुर्खेतका विभिन्न दूध डेरीमा पठाउने र बाँकी दूध व्यक्तिको घर–घरमा पु¥याउने गरेको उनले बताए।
गाईको मलसमेत उनले गड्यौला मल बनाएरबिक्री गर्ने गरेका छन । गड्यौला मल नजिकका एग्रोभेट तथा सिधै फार्मबाट बिक्रीहुने उनले बताए । मलबाट समेत आम्दानी हुन थालेको उनले बताए ।
यस्तै सोही ठाउँमा ६ वटा तरकारीको टनेल निर्माण गरि खेतीसमेत गरिएको छ । तरकारी खेती बाट समेत महिनामा ४० हजार आम्दानी गर्ने गरेको खड्का बताउछन । बिदेशमा गएका युबाहरुलाइ समेत उनी उदारण बनेका छन । गरेपछी स्वदेशमा पनी राम्रै हुने उनको भनाइ छ ।

समृद्धि कृषि । २५ मंसिर २०७९, आईतवार ०९:१५