जुम्लाका कृषकलाई स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइ नभ्याइ

याम शर्मा ,सुर्खेत । स्याउ उत्पादनले प्रसिद्ध मानिएको जिल्ला जुम्लामा कृषकहरूलाई स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइ नभ्याइ भएको छ।
स्याउ बगैंचामा रहेका स्याउ बोटका सबै पात झरेर नांगो पतझड बनेपछि पौष देखी माघ सम्म जुम्लामा स्याउको हाँगाबिगा काँछाट सहित समग्र स्याउ बगैंचा व्यवस्थापन गर्ने कार्य सुरु हुन्छ।
बर्सेनि भदौदेखि कार्तिक मसान्तसम्म जुन्लाका स्याउ बगैंचामा स्याउ टिप्ने काम हुन्छ । यसरी बगैंचाबाट टिपिएका स्याउ संकलन गरी बजारीकणका लागि स्थानीय बजार ,सुर्खेत , नेपालगंज ,र काठमाडौंसम्म निर्यात गरिन्छ।
अहिले जिल्लाका सबै स्थानीय तहमा उत्पादन भएका स्याउ बजारमा बिक्री भइसकेको छ। बोटबाट स्याउ टिपेर रिक्तिएपछि यहाँका स्याउ बगैंचा उजाड बनेका हुन्।
हिउँदयामको पुस र माघ महिना हिउँ पर्ने सिजन मानिन्छ। हिउँ पर्ने समयमा स्याउ बगैंचाको उचित व्यवस्थापन हुनसक्यो भने गुणस्तरीय फल र राम्रो आम्दानी लिन सकिने चन्दननाथ नगरपालकिा जुम्लाका कृषक दानबहादुर बुढ्थापाले बताए ।
बर्सेनि पुसको पहिलो सातादेखि माघ महिनाको अन्तिम महिनासम्म स्थानीय कृषकले धमाधम आफ्नो स्याउ बगैंचामा बोट अनाधिकृत फैलिएका हाँगाबिगा काटछाट, प्रकोप नियन्त्रणका लागि सर्वो आयल र बोरो पेस्ट बोरो मिक्चर बजाएर लगाउने गर्छन।
फलविहीन रित्ता र उजाड स्याउ बगैंचामा कृषकले गाइ गोरु, र भेडाच्यांग्राको मल हालेर मलजल गर्छन। यसरी बगैंचा व्यवस्थापन गर्दा हिउँ पर्यो भने स्याउका लागि झनै बरदान हुन्छ। हिउँदयामको हिउँ स्याउ बोटका लागि राम्रो मानिन्छ।
हिउँदयामको समयमा स्याउ बगैंचामा अनाधिकृत रूपमा फैलिएका हाँगाबिगा काँटछाट नगर्दा बोटमा स्याउ धेरै फल्ने तर साना दाना र कम गुणस्तरको स्याउ फल्ने भएकाले स्याउ बोटको हाँगा काँटछाट गर्नुपर्ने तिला गाउपालिका जुम्लाका कृषि प्राबिधिक साहयक सबिता महतले बताइन।
स्याउ बोटमा पालुवा र कोपिला पलाउनु अगावै स्याउ बोटको अनाआवश्यक बाँक्लो हाँगाबिगा काँटछाँट गर्नुपर्ने भएकाले मुस्ताङका कृषक यतिखेर स्याउ काँटछाँटमा जुटेका हुन्।
जुम्लामा स्याउ बगैंचा व्यवस्थापनकार्यसंगै खेर गएका र बाँझो जग्गामा समेत स्याउ बिरुवा लगाउन थालेका छन्। स्याउ बिरुवामा अन्य जातका स्याउ बिरुवालाई ग्राफ्टिङ गर्ने गरेको पाइएको छ। यसरी स्याउ बिरुवा ग्राफ्टिङ गर्दा स्याउ बोटमा फरक रफरक जातका स्याउ फल्ने प्राबिधिक साहयक सबिता महतले बताइन।
जुम्लाको तिला गाउँपालिकाको कृषि शाखाले पालिकाको सबै वडाका स्याउ कृषकहरूलाई पालिकाले स्याउ काँटछाट तथा स्याउ बगैंचाको उपयुक्त व्यवस्थापन सम्बन्धी तालिम दिने गरेको प्राबिधिक साहयक महतले बताइन।
स्याउ बगैंचाको बोटमा अनावश्यक हाँगाबिगा फैलिएमा सूर्यको प्रकाश सिधै स्याउ बोटमा सर्कुलर नहुनु भएकाले स्याउ बोटको काँछाट अनिवार्य रहेको कृषक नबराज खत्रीले बताए।
उनले योसमय स्याउ बोटमा प्रकोप नियन्त्रण गर्न सर्वोआयल डर्मिन आलय छर्किने र बोटको फेंदमा बोरो पेष्ट लगाउनुपर्ने खत्रीको भनाइ छ।
जुम्लाका अधिकांश घरधुरीले स्याउ खेती गरेका छन् । मार्फामा प्रत्येक घरधुरीले बर्सेनि २ लाखदेखि बिस लाख सम्मको स्याउ बिक्री गर्ने गरेको कृषक खत्रीले जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया