काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा चार दलबीच छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्ड ले बालुवाटारमा गठबन्धन टुटेको घोषणा गरेपछि बालकोटमा पुगेका हु्न्।
सत्ता गठबन्धनभित्र प्रधानमन्त्रीमा सहमति नजुटेपछि नयाँ सत्तासमीकरण बनाउन एमालेसहित राजनीतिक दलहरु सक्रिय भएका हुन्
छलफलमा नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरु सहभागी छन्।
बैठकमा ओली,प्रचण्ड,नारायणकाजी श्रेष्ठ,शंकर पोखरेल, रविलामिछाने, देव गुरुङ, विष्णु पौडेल, वर्षमान पुन र विष्णु रिमाललगायतका नेताहरु उपस्थित छन्।
केहीबेर अघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन एमाले अध्यक्ष ओलीसँग भेट गरेका थिए।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाबी गर्न आज ५ बजेसम्मको समय तोकेकी छन्। बहुमत पुर्याउने दलले आज ५ बजेभित्र दाबी पेस गर्नुपर्नेछ।
तर समयसीमा घर्कदै जाँदा राजनीतिक दलबीच सत्ता बाँडफाडमा टुंगो लागेको छैन ।

समृद्धि कृषि । १० पुष २०७९, आईतवार १५:०९