अब्यबस्थित संरचना हटाउदै नारायण नगरपालिका


दैलेख । दैलेखको नारायण नगरपालिकाले बजार क्षेत्रमा अव्यवस्थित तरिकाले निर्माण गरिएका संरचना तत्काल हटाउनुपर्ने निर्णय गरेको छ । बजार ब्यबसिथत बनाउनका लागी बैठकले यस्तो निर्णय गरेको हो ।

बजार क्षेत्र दिनप्रतिदिन अब्यबस्थित बन्दै जानलागेकाले ब्यबस्थित र सुन्दर बजार बनाउनका लागी अब्यबस्थित संरचनाहरु हटाउन लागीयको नगर उपप्रमुख तप्ता कुमारी थापाले बताइन ।

बजार व्यवस्थापन, सवारी साधन, व्यवस्थित पार्किङ स्थल तथा यातायात व्यवस्थापन गर्ने उद्धेस्यले निर्णय गरेको नगरपालिका ६ का वडा अध्यक्ष जनक प्रसाद न्यौपानेले बताए ।

बजार क्षेत्र भित्र सडक अतिकरमण गरि बनाइएका घर टहरा तथा पसल हटाउनका लागी नगरपालिकाले यस अधि नै ३५ दिने सुचना प्रकासीत समेत गरिसकेको थियो ।

सुचनालाइ समेत अटेर गरि हाल सम्म पनी संरचनाहरु नहटाएकोले नगरले पुन बजार क्षेत्र व्यवस्थित व्यवस्थापन गर्नका लागि बजार क्षेत्र साघुरो भएका ठाउँहरूलाई चौडा गराउन ७ दिने सुचाना जारी गर्ने निर्णय समेत गरेको न्यौपानेले बताए ।

सात दिन भित्र बजार क्षेत्रमा अव्यवस्थित तरिकाले निर्माण गरिएका संरचनाहरु घरका रेलिङ, भर्याङ सडकमा जोडिएका पेटीहरू तत्काल नहटाए नगरले आफ्नो तरिकाले हटाउन बाध्यहुने न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया