याम शर्मा

सुर्खेतको बिरेन्द्रनगर नगरपालिका ५ की वडा सदस्य नम्रता कार्कीका लागि च्याउखेती आम्दानीको स्रोत बनेको छ । च्याउखेतीबाट घरमै बसेर राम्रो आम्दानी हुन थालेपछि कार्कीले लगानीसमेत बढाउँन लगेकीछन् ।
घरायसी कामका अलबा २०७६ साल मङ्सिरदेखि सानो लगानीमा च्याउखेती सुरु गरेकी कार्कीले २०७७ सालदेखि नम्रता कृषि तथा पशुपंछी फर्म दर्ता गरेर व्यावसायिक रुपमा च्याउखेती सुरु गरेकी हुन् । हाल २०७८ सालको स्थानिय निर्बाचनबाट बिरेन्द्रनगर नगरपालिका वडानम्बर ५ बाट सदस्य पदमा समेत निर्बाचित कार्की राजनितिक गरिरहदा समाजलाइ परिबर्तन गर्न आफुबाटै सुरुवात गर्नुपर्ने बताउछिन ।
समाजलाइ आथिक समृद्धि गर भन्नु भन्दा पहिले आफुले गर्यो भने समाजका अन्य ब्यक्तीले समेत सिक्ने उनले बताइन । वडामा हुने काम र समाजमा हुने सबै कामहरु सकेर बाकीरहेको समय मात्र आफुले च्याउ खेतीमा दियको नम्रता बताउछिन ।
सुरुमा २० प्याकेट च्याउको बिउबाट सुरु भएको व्यवसाय मार्फत् अहिले वार्षिक रु १ देखि १ लाख ५० हजारसम्मको च्याउ उत्पादन गर्दै आएकी छन् । तत्कालीन समयमा उनले थोरै मात्रै लगानी गरेकी थिइन । चार वर्षअघि च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउखेतीमा लाग्ने व्यवसायी समेत थपिँदै गएको बताइन ।सुरुमा आफुले युटुब हेरेर च्याउ खेती सुरु गरेको उनले बताइन । सबै किसानलाइ तालिमको ब्यबस्था गर्नसके च्याउ खेती आम्दानीको स्रोत बन्न सक्ने बताइन ।
उनले दैनिक करिब १५ देखी २० केजी बराबरको च्याउ उत्पादन गर्दै आएकी छन् । उत्पादन भएको च्याउ घरबाटै बिक्री हुने उनको भनाइ छ । जिल्लामा सुगर, प्रेसर लगायतका बिरामीले खान मिल्ने र मासुको विकल्पमा पनि च्याउको प्रयोग बढेपछि च्याउको माग बढ्दै गएको उनको भनाइ छ ।
च्याउखेतीका लागि कृषि बिकास निर्देशनालय सुर्खेत को साझेदारी कार्यक्रम बाट एक वटा टनेल निर्माण गरि च्याउ उत्पादन गर्ने गरेको बताइन । च्याउबाट राम्रो आम्दानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायी समस्यामा परेको उनले बताइन ।
“च्याउ नबिक्ने समस्या छैन । च्याउ प्रतिकेजी रु २ सय ५० सयसम्म बिक्री हुने गरेको छ ।
उनका अनुसार भदौ महिनादेखि फागुनसम्म च्याउबाट राम्रो आम्दानी लिन सकिन्छ । अझ व्यवसायलाई फराकिलो बनाउनका लागि कहिकतैबाट तालिम पाए सहज हुने बताइन । अहिले पनि विचौलियाका कारण वास्तविक किसानले अनुदान नपाउने समस्या रहेको गुनासो छ । उनिबाट अहिले समाजका अन्य ब्यक्तीले समेत सिकेर घरमा खानकालागी च्याउ उत्पादन गर्न लागेको उनले बताइन ।

समृद्धि कृषि । १८ पुष २०७९, सोमबार ११:३४