दैलेख। दुई वटा बिषय अङ्ग्रेजी र अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनितीमा स्नातकोत्तर पास गरेका पदम बहादुर खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेका छन् । दैलेखको भगबतीमाई गाउपालीका ३ मेहेलतोली का खड्काले २०७५ सालमा २५ माउ बाख्रा पालेर सुरु गरे । तीन वर्षपछि ७५ बाख्रा पुगेपछी आम्दानी गर्न थालेको उनले बताएका हुन ।
२०७५ सालमा ‘कैलाश दाजुभाई आधुनिक कृषि तथा पशुपालन फर्म’ दर्ता गरी बाख्रा पालनको सुरुवात गरेका थिय । अहिले मासु र बीउका लागि काम गर्दै आएका छन् । कोभिड सुरु भएकै बेला देखी उनले आत्मनिर्भर हुनुपर्छ भन्ने उद्धेश्यले बाख्रापालन सुरु गरेका थियो । पढाईकोलागी सुर्खेत बस्दै आएका खड्रका कोभिड को सुरु भएपछी उनी गाउ पर्केर बाख्रा पालन ब्यबसाय सुरु गरेका थिए ।
सुरुमा पढेको मान्छे पनी बाख्रा गोठालो भएको भन्दै घिर्णा गरेपनी अहीले बाख्रा पालन बाट बार्षिक ३ देखी ४ लाख सम्म फाईदा हुन थालेपछी अन्य समुदायका युबाहरु पनी बाख्रा पाल्न सुरु गरेको उनले बताए ।अहिले बोयर जातको बाख्राका बोका र पाठी बिक्री गरी मनग्य आम्दानी गर्दै आएका छन् ।
‘मैले मासुका साथै बीउका लागि बोयर जातको बोका र पाठी बिक्री गर्दै आएको छुु, उनले भने । यहाँ उत्पादन भएको बोयर र खरी जातको बोका तथा पाठीको माग देशका विभिन्न जिल्लाबाट आउने गरेको छ । उत्पादन भएका खसी घरमै आएर सुर्खेत ,काठमाण्डौ र पोखराका ग्राहकले लाने लानेगरेका छन ।
‘यहाँ उत्पादन भएका खसी बोका तथा पाठीलाई बीउका रूपमा देशका विभिन्न जिल्लाबाट माग हुने गरेको छ’ उनले भने, ‘उत्पादन गर्नसके बजारको कुनै समस्या छैन, मागअनुसार उत्पादन गर्न सकिएको छैन ।’
बाख्रापालनका लागि आवश्यक घाँस उनले २० रोपनी क्षेत्रफलमा लगाएका छन् । उन्नत र आधुनिक भुइँ तथा डाले घाँस प्रशस्तै छ । तर घेरबार नहुदा समस्या भएको उनले बताए । कृषि ऋणको लागी बैकहरुमा धेरै धाएपनी सहुलियत ब्याजको ऋण आफुले नपाएको बताए । पहुचवाला लाई मात्र ऋण दिने र बास्तबिक कृषकले ऋण नपाउने गरेको खड्काले बताए ।
बाख्रापालन नै खड्काको परिवारको मुख्य आम्दानीको स्रोत हो । घर खर्च पनि यही व्यवसायबाट चलाउँदै आएका छन् ।
बाख्रामा सामान्य समस्या आउँदा उनले आफैँ औषधि उपचार गर्छन् । जटिल उपचारका लागि भगवतीमाइ गाउपालीका तथा एग्रोभेटबाट पशु प्राविधिकको सहयोग लिने गरेको उनी बताउँछन् ।

समृद्धि कृषि । २३ पुष २०७९, शनिबार १०:४५