कृषिमा आत्मनिर्भर हुन ब्याबसायीक खेतीमा जोड दिनु पर्ने बिरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर मोहनमाया ढकालले बताएकी छन । आज बिरेन्द्रनगरमा जिआइजेट द्धारा संचालीत ग्रेप परियोजनाले आयोजना गरेको मुल्यश्रृङ्खला निर्माण सम्बन्धि कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएकी हुन ।
मेयर ढकालले हाल कुनैपनी गाउपालीका तथा नगरपालीका बाट अनुदान लियका कृषकले कृषिमा राम्रो काम नगरेकोमा चिन्ता ब्यक्त गरिन । उनले कृषिअनुदानमा ठुलो रकम राज्यले खर्च गरेपनी अपलब्धि सन्तोषजनक नरहेको बताइन ।
कृषिमा आत्मनिर्भर हुन स्वयम कृषक पनी जागरुक हुनुपर्ने बताइन । कृषकलाइ सशक्त बनाउन सम्बन्धित शाखा का प्राबिधिकले अनुगमन तथा कार्यक्रम संचालनमा ध्यान दिनु पर्ने बताइन ।कार्यक्रममा सुर्खेत जिल्ला परियोजना ब्यबस्थापक सुरेश बरालले परियोजनाको मुख्य उद्धेश्य सुदुर पश्चिम तथा कर्णाली प्रदेशको जलबायु उत्थानशिल तथा हरित आर्थिक बृद्धि प्रर्बद्धन गर्ने रहेको बताए ।
उनले दिगो तथा जलबायु उत्थानशिल कृषि परिस्थिकिय प्रर्णालीमा आधारीत मुल्य श्रृङ्खलाहरुमा संलग्न भएका घर परिवारको नाफा मुलक सहभागीतामा बद्धि गर्ने उद्धेश्य रहेको बताए ।साथै बजार उन्मुख उत्पादन मुलक कृषि परिस्थिकिय प्रणालीको जलबायु उत्थानशिलता दिगोपनामा सुधार गर्ने परियोजनाको बिषेश उद्धेश्य रहेको बरालले बताए ।
परियोजना सुर्खेत जिल्लाका बिरेन्द्रनगर नगरपालिका , भेरिगंगा नगरपालिका र बराहताल गाउपालिका मा संचालन गरियको प्राबिधिक सल्लाहकार भुबन बस्नेतले जानकारी दिए ।कार्यशालाका तिन वटा पालिकाका कृषि तथा पशुबिकास शाखामा कार्यरत कर्मचारी र कार्यक्षत्र रहेका ठाउका कृषक समेतको सहभागीता रहेको छ ।
समृद्धि कृषि । २४ पुष २०७९, आईतवार १८:१४