कर्मचारी माथि भएको अन्यायका बिषयमा ध्यानाकर्षण गर्ने

सुर्खेत । पेसागत महासंघ नेपाल कर्णाली प्रदेशको द्रोसो बैठकले ९ वटा निर्णयहरु पारित गरेको छ । बिरेन्द्रनगर सुर्खेतमा बसेको बैठकले पेशाकर्मीहरुका लागी आबश्यक कानुन निर्माणका साथै राष्ट्रसेबक कर्मचारी माथि भएको अन्यायका बिषयमा ध्यानाकर्षण गर्ने लगाएतका निर्णय गरेको हो ।
स्थानिय तहका अबिधेशन माघ महिना भित्र गरिसक्ने जिल्ला र प्रदेशमा बाकीरहेका घटक संस्थाका अबिधेशन तत्काल सम्पन्न गर्न निर्देशन दिने लगाएतका निर्णय भएको महासचिब प्रकाश भट्टराइले बताए ।
बैठकमा पेशागत महासंघ रास्ट्रिय समीतीका स्थायी कमिटी सदस्य कर्णाली प्रदेश इन्चार्ज डोर प्रसाद उपाध्याय,सह इन्चार्ज शिब प्रसाद सापकोटा , निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका इन्चार्ज प्रयागराज शर्मा लगाएतले नेपाल सरकार , कर्णाली प्रदेश सरकार लाई शिक्षा सेवा ऐन निजामती सेवा ऐन लगाएतका आबश्यक पेशागत कानुनहरु निर्माणका लागी सुझाब सहित ध्यानाकर्षण गर्नुपर्ने बताए ।

 

तपाईको प्रतिक्रिया