कृषि यान्त्रिकिकरण तर्फ बराहतालका कृषक

  • याम शर्मा

सुर्खेत ३ माघ । सफलता सामाजिक उद्धमी महिला सहकारी संस्था बराहताल ५ सुर्खेतले कृषक लाइ मिनिटिलर बितरण गरेको छ ।
सस्थाका सेयर सदस्यहको कृषिमा यान्त्रिकिकरण गर्नका लागी मिनीटिलर बितरण गरियको हो ।

मिनिटिलर बितरण कार्यक्रममा बोल्दै बराहताल गाउपालिका सुर्खेतका अध्यक्ष भिम बहादुर भण्डारीले कृषि उत्पादनमा यान्त्रिकरणले कृषकलाइ सहज बनाउने बताए । उनले अब कृषकले यान्त्रिकरण संगै बिषदी रहीत उत्पादनमा समेत जोड दिनुपर्ने बताए । कृषि उत्पादनका लागी पालिकाले कृषकलाइ आबस्यक तालिमहरु संचालन गरि क्षमता बिकास गर्ने बताए ।

गाउपालिका उपाध्यक्ष लक्ष्मी पुनले आफु समेत सदस्य रहेको सहकारीले कृषिको क्षेत्रमा सहरानिय काम गरेको बताइन । महिला उद्दमीहरुले कृषि पेशाबाट छिटो आम्दानी गरि आर्थिक समृद्धि हुने खालका कामहरु पालिकाले सहकारी संग सहकार्य गरि गर्ने बताइन ।

सहकारीका १० जना सेयर सदस्यहरु लाइ ५०% अनुदानमा मिनीटिलर बितरण गरेको सस्थाका अध्यक्ष चन्द्रा गौतमले बताइन ।
सहकारीले कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको व्यवस्था गरेको छ भने बाली र वस्तु उत्पादनमा यान्त्रिकीकरण, तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको पनि व्यवस्था गरेको अध्यक्ष गौतमले बताइन ।

पछिल्लो समय सहकारीमा आबद्ध कृषकले कृषि यान्त्रिकीकरणको प्रयोग बढाएको ले सहकारीले सुन्दर नेपाल सस्थाको समन्वय हेफर इन्टरनेशनल को सहकार्यमा कृषकलाइ कृषि सामाग्री तथा प्रबिधिहरु हस्तान्त्रण गर्दै आएको गौतमले बताइन। उनले कृषकले कृषि यन्त्रको प्रयोगले कृषि उत्पादनमा लागत कम हुने भएकोले माग बढी भएको बताइन ।

बराहताल ५ की कृषक कौशी पुनले कषि यान्त्रिकरणले आफ्नो कृषि पेशामा लागत कम भइ उत्पादनमा बृद्धि हुने बताइन । उनले अहिले ट्र्याक्टरले धेरै सजिलो भएको छ ।’पुन का अनुसार अहिले हाते ट्र्याक्टरले १० दिनमा हुने काम एकै दिनमा हुने गर्छ । छिटो पनि हुने, सजिलो पनि हुने हुँदा अहिले कृषकका लागि ट्र्याक्टर नै विकल्प भएको उनी बताउछिन।गत बर्ष एक जना आफन्तले हाते ट्र्याक्टर ५० प्रतिशत अनुदानमा ल्याए ।

उनले आफ्नो खेती मात्रै नभई तीन÷चार जना छिमेकीकै खेती समेत जोत्ने गर्छन । त्यो देखेर उनको परिवारले पनि गोरुको ठाउँमा ट्र्याक्टर नै राख्ने सोच बनायो । हाते ट्र्याक्टर ल्याइसकेपछि भने थोरै जनशक्तिमा पनि धेरै काम, छिटो हुन बराहताल ५ का कृषक बिस्ना बिक बताउछिन। ।
खेतमा गोरु जोत्नुभन्दा ट्र्याक्टर जोत्नु धेरै सजिलो हुने कृषक बराहताल ८ का कृषक कोकीला सहकारीले बताइन । उनी भन्छिन ‘मेसिनरी चिज र पशुहरूमा धेरै फरक हुन्छ । गोरुलाई लाइनमा ल्याउनै मुस्किल पर्छ, मानिस पनि धेरै हुनुपर्छ, ट्र्याक्टर चलाउन भने जसले पनि सक्छ
सहकारीका किसानको आर्थिकस्तर उकास्न, परम्परागत कृषि प्रणालीलाई परिमार्जित गर्दै आधुनिक प्रणालीमा लैजानका लागि कृषि औजार बिउबिजन बितरण गदै आइको र सहकारीका सदस्यहरुले उत्पादन गरेका खसी बाख्राको बजारीकरण समेत गरेको छ । कृषक समूह र उद्यमीलाई एक ढिक्का बनाइ कृषिमा यन्त्रिकीकरणको प्रयोग बढाएको छ ।

तपाईको प्रतिक्रिया