राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओली भेट्दै

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल हुने भएको छ ।

चार दलसँग शुक्रबार नै तीन घण्टा छलफल गरेका दाहालले पाँच बजे बस्ने अर्को बैठकअघि ओलीसँग छलफल गर्न लागेका हुन् । दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार तर्फ लागेका छन् । संसद भवनबाट बाहिरिँदै गर्दा ओलीले शनिबार एमालेको तर्फबाट राष्ट्रपति उम्मेदवारमा मनोनयन हुने बताए ।

एमालेबाट राष्ट्रपति उम्मेदवार हुन्छ भन्ने पुस १० गते नै तय भएको कुरा हो’ ओलीले भने ।

तपाईको प्रतिक्रिया