सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेशको प्रथम सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंद्द राष्ट्रिय समिति सचिवालय सदस्य एवम् पार्टी कर्णाली प्रदेश समिति सदस्य बखतबहादुर भण्डारीको अध्यक्षता र अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य डाक्टर प्रेमप्रसाद दङ्गालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन सोमवार वीरेन्द्रनगर स्थित होटेल अशोकामा सम्पन्न भएको हो । सम्मेलनले बखतबहादुर भण्डारीको अध्यक्षमा ५९ नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सरिता वली, सचिवमा धर्मराज ढुङ्गाना, उपसचिवमा देव प्रसाद तिवारी कोषाध्यक्षमा गगनबहादुर शाही चयन भएका छन् । यस्तै सम्मेलनले १७ वटा घटक संगठन पनि चयन गरेका छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिका अध्यक्ष दंगालले महासंघ एउटा किसानहरूले छाता संगठन भएको बताए ।
उनले किसानहरूको क्षेत्र फराकिलो भएकाले कर्णालीमा महासंघको आवश्यकता रहेको बताउँदै सबै किसानहरूलाई संगठित गर्नका लागि प्रदेशभित्रका स्थानीय तहरुमा वर्गीय समाजमा वर्ग विभाजित हुने र किसानका समस्या हल गर्न संगठनको सबैभन्दा प्रमुख हतियार मानव भएको हुँदा गाउँगाउँ, बस्ती बस्तीमा किसानका संगठनहरु बनाउनुपर्ने जानकारी दिए । पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नेपालमा वैज्ञानिक समाजवाद निर्माण गर्ने रणनीतिका साथ अगाडि बढिरहेको उनले जिकिर गरे । नेपालमा संसदीय पार्टीहरू असफल भएसँगै तिनका संसदीय व्यवस्था र राज्यसत्ता पनि असफल सिद्ध भएको हुँदा यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने अध्यक्ष दङ्गाले बताए । यस्तै,अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज सूर्यबहादुर शाहीले अहिले पनि किसानका समस्याहरू जस्ताको त्यस्तै रहेको बताए ।
उनले किसानले अनुदान के हो भनेर थाहा नहुने गरेको प्रष्ट पार्दै किसानमा चेतनाको कमिले गर्दा एकता हुन नसकेको बताए । उनले नेपालमा दलालीकरणको अन्त्य नभएसम्म कृषि प्रधान देश नहुने समेत उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय समिति महासचिव एवम् पार्टी केन्द्रीय कमिटी सदस्य खड्कबहादुर खड्का, राष्ट्रिय समिति सचिव सरिता भुसाल, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य बलबहादुर महत, पार्टी कर्णाली प्रदेश कमिटी उपाध्यक्ष लाल बहादुर महतारा र राष्ट्रिय समिति सचिवालय सदस्य धीरबहादुर शाही लगायतले स्वागत मन्तव्य राखेका थिए । सम्मेलनमा विभिन्न जिल्लाबाट आएका किसानहरूले आफ्ना समस्या तथा गुनासा सुनाएका थिए । कर्णाली प्रदेशका दश वटै जिल्लाका किसानहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सहजीकरण नवनिर्वाचित सचिव धर्मराज ढुङ्गानालेले गरेका थिए ।सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ कर्णाली प्रदेशको प्रथम सम्मेलन सुर्खेतमा सम्पन्न भएको छ । अखिल नेपाल किसान महासंद्द राष्ट्रिय समिति सचिवालय सदस्य एवम् पार्टी कर्णाली प्रदेश समिति सदस्य बखतबहादुर भण्डारीको अध्यक्षता र अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका अध्यक्ष एवम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य डाक्टर प्रेमप्रसाद दङ्गालको प्रमुख आतिथ्यतामा उक्त सम्मेलन सोमवार वीरेन्द्रनगर स्थित होटेल अशोकामा सम्पन्न भएको हो । सम्मेलनले बखतबहादुर भण्डारीको अध्यक्षमा ५९ नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सरिता वली, सचिवमा धर्मराज ढुङ्गाना, उपसचिवमा देव प्रसाद तिवारी कोषाध्यक्षमा गगनबहादुर शाही चयन भएका छन् । यस्तै सम्मेलनले १७ वटा घटक संगठन पनि चयन गरेका छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् अखिल नेपाल किसान महासंघ केन्द्रीय समितिका अध्यक्ष दंगालले महासंघ एउटा किसानहरूले छाता संगठन भएको बताए ।
उनले किसानहरूको क्षेत्र फराकिलो भएकाले कर्णालीमा महासंघको आवश्यकता रहेको बताउँदै सबै किसानहरूलाई संगठित गर्नका लागि प्रदेशभित्रका स्थानीय तहरुमा वर्गीय समाजमा वर्ग विभाजित हुने र किसानका समस्या हल गर्न संगठनको सबैभन्दा प्रमुख हतियार मानव भएको हुँदा गाउँगाउँ, बस्ती बस्तीमा किसानका संगठनहरु बनाउनुपर्ने जानकारी दिए । पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नेपालमा वैज्ञानिक समाजवाद निर्माण गर्ने रणनीतिका साथ अगाडि बढिरहेको उनले जिकिर गरे । नेपालमा संसदीय पार्टीहरू असफल भएसँगै तिनका संसदीय व्यवस्था र राज्यसत्ता पनि असफल सिद्ध भएको हुँदा यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने अध्यक्ष दङ्गाले बताए । यस्तै,अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष एवम् कर्णाली प्रदेश इन्चार्ज सूर्यबहादुर शाहीले अहिले पनि किसानका समस्याहरू जस्ताको त्यस्तै रहेको बताए ।
उनले किसानले अनुदान के हो भनेर थाहा नहुने गरेको प्रष्ट पार्दै किसानमा चेतनाको कमिले गर्दा एकता हुन नसकेको बताए । उनले नेपालमा दलालीकरणको अन्त्य नभएसम्म कृषि प्रधान देश नहुने समेत उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय समिति महासचिव एवम् पार्टी केन्द्रीय कमिटी सदस्य खड्कबहादुर खड्का, राष्ट्रिय समिति सचिव सरिता भुसाल, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य बलबहादुर महत, पार्टी कर्णाली प्रदेश कमिटी उपाध्यक्ष लाल बहादुर महतारा र राष्ट्रिय समिति सचिवालय सदस्य धीरबहादुर शाही लगायतले स्वागत मन्तव्य राखेका थिए । सम्मेलनमा विभिन्न जिल्लाबाट आएका किसानहरूले आफ्ना समस्या तथा गुनासा सुनाएका थिए । कर्णाली प्रदेशका दश वटै जिल्लाका किसानहरू बाक्लो उपस्थिति थिए ।
समृद्धि कृषि । ३० फाल्गुन २०७९, मंगलवार ०८:५९