बिरेन्द्रनगर नगरपालिका द्धारा कृषकलाई मिनिटिलर बितरण


चैत्र ६ सुर्खेत । बिरेन्द्रनगर नगरपालिका सुर्खेतले कृषकलाइ मिनिटिलर बितरण गरेको छ । कृषकलाई खेती गर्न सहजहोस भन्ने उदेश्यले मिनिटिलर बितरण गरियको हो। नगरपालिकाको ५० प्रतिशत अनुदान मा मिनिटिलर बितरण गरियको कृषि अधिकृत स्तर छैटौ हेमराज केसी ले बताए ।
नगरपालिका क्षेत्र का बिभिन्न भागमा ब्यावसायीक खेती गरिरहेका कृषकलाइ उत्पादन लागत कम गराउने उदेश्यले मिनिटिलर बितरण गरियको केसीले बताए । यान्त्रिकरणको सही सदुपयोग गर्न सके कृषिमा उत्पादन बढाउन सकीने केसीके भनाइ छ । कृषि शाखाबाट कृषि उत्पादन बढाउने खालका बिभिन्न क्रियाकलाप बेमौसमी तरकारी उत्पादनका लागी प्लाष्टिक टनेल , सिंचाइ पम्पसेट, बिउबिजन आदि बितरण गरियको केसीले बताए ।
बिरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले कृषि यन्त्रको सही सदुपयोग गर्न सकेमा उत्पादन लागत घट्ने र कृषि कर्म छिटोहुने हुदा कृषकलाइ कृषि यान्त्रिकरणमा जोडीयको बताए । बिरेन्द्रनगर नगरपालिका २ का कृषक भक्तबहादुर चौधरीले आफुले मिनिटिलर पायकोमा खुसी ब्यक्त गदै अब खेती गर्दा छिटो र सहजहुने बताए ।

तपाईको प्रतिक्रिया