साग्रीला बैंकद्धारा बित्तीय साक्षरता कक्षा संचालन


चैत्र १० सुर्खेत । साग्रीला डेभलपमेन्ट बैंक लि सुर्खेतले बालबालीका तथा युवाहरुलाइ बित्तीय साक्षरता सम्बन्धि कक्षा संचालन गरेको छ । इलाइट उच्च माध्यामीक बिद्यालय सुर्खेतमा अध्यनरत बिद्यार्थि र शिक्षकहरुलाई बित्तीय साक्षरता सम्बन्धि कक्षा संचालन गरियको हो ।

नेपाल राष्ट्र बैकको समन्वयमा “प्लान योर मनी प्लान योर फियुचर” भन्ने नाराका साथ बिश्ब पैसा सप्ताह को अबसरमा बैकंले चैत्र ६ गते देखी १२ गते सम्म बिभिनन कार्यक्रम संचालन गर्दै आएको शाखा प्रबन्धक जिवन कुमार डिसीले बताए ।

सप्ताहको अबसरमा इलाइट उच्च माध्यामीक बिद्यालय सुर्खेतमा अध्यनरत बिद्यार्थि र शिक्षकहरुलाई बैंक भनेको के हो ,बैंङ्कमा कारोबार गर्दा हुने फाइदाहरू, वित्तीय साक्षरता के हो ,वचत ,ऋण ,लगानी, विप्रेषण, बीमा आदि का बारेमा जानकारी दिइएको प्रबन्धक डिसीले बताए ।

भविष्यको आर्थिक योजना बनाउने र सही तरिकाले खर्च गर्ने वा वित्तीय संस्थाहरुमा पनि आफ्ना सेवाहरु घटाउन सकिने घरायसी केही खर्च भए घटाउने आदी कार्यक्रमा सहभागीहरुलाई जानकारी गराइएको थियो । सांग्रिला डेभलपमेन्ट बैंक लि. राष्टिय स्तरको विकास बैंक हो यसले सुर्खेत लगाएत देशभर १ सय १२ शाखा कार्यालय र ३० वटा एटिएम मार्फत आफ्नो सरलरुपले सेवा संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया