आलु किसानलाई वर्षाले राहत

सुर्खेत । उच्च हिमाली क्षेत्रमा हिमपात पर्खेर बसेका किसान यो वर्ष बारीमा चिस्यान नपसी आलु रोप्न बाध्य थिए । दैनिकजसो हिमपात होला भनेर आकाश टोलाउँदै बसेर ढिलो आलु रापेका किसान खडेरीको मारले प्रताडित थिए ।आलुमा मुना पलाउने बेलामा ढिलो गरी उच्च हिमाली क्षेत्रमा हिमपात र हिउँदे वर्षा भएपछि आलु खेतीमा निर्भर किसानले केही राहत महसुस गरेका छन् ।

उच्च हिमाली क्षेत्रमा हिमपात र वर्षा नभएसम्म आलु रोपिँदैन । तर यो वर्ष समयमा हिमपात र वर्षा नभएपछि किसान निराश बनेका थिए । जुम्लाको तिला गाउँपालिका मा कार्यरत कृषि प्राबिधिक सबिता महतले लामो खडेरीका कारण रोपेका आलु नउम्री डढेर जान लागेपछि निराश बनेका कृषक पानि परेपछी खुसी भएको बताइन।

ढिलै भए पनि सामान्य हिमपात र हिउँदे वर्षाले किसानहरु खुसी भएका छन् । बारीमै डढ्न लागेका आलुमा हिउँदे वर्षाले मुना फस्टाउने भएकाले केही राहत महसुस गरेको उनले बताइन । पुस अन्तिम सातादेखि माघ अन्तिमसम्म उच्च हिमाली क्षेत्रमा आलु रोप्ने गरिन्छ ।

गुरास गाउपालिका दैलेखका कृषि शाखा प्रमुख पुर्णबहादुर खड्काले भने वर्षाले केही राहत दिएको छ ,आलुको मुना पलाउने बेलामा ढिलो गरी भए पनि वर्षा भयो, ‘बारीमै आलु डढेर नष्ट होला जस्तो लागेको थियो अब आलु उत्पादन मा कृषकलाइ राहत हुन्छ ।

नारायण नगरपालीका १० दैलेखका अधिकांस कृषकहरु आलु खेतिमा निर्भर रहेका छन । पानी परेपछी यस क्षेत्रका कृषक निकेै खुसी भएको नारायण नगरपालिका दैलेखका कृषि शाखा प्रमुख खेमराज शर्माले बताए ।

अहिलेको पानीले बारीमा आलुका मुना पलाउन चिस्यान पुग्छ,’ अब आलु सप्रने भएकाले निकै खुसी लागेको गुरास गाउपालिका ४ दैलेखका कृषक मिनप्रसाद लामीछानेले बताए । उनले भने ‘बल्ल पानी परेर आलुले जीवन पायो ।’ पानि परेपछी कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका कृषकहरु खुसी भएका छन ।

तपाईको प्रतिक्रिया