संगसंगै युद्ध लडेका सांसद र मन्त्री, गीता तरकारी खेतीमा रमाउदै

सुर्खेत, २१ चैत । बिरेन्द्रनगर नगरपालिका–११ की गीता तिमिल्सेना साबिक नौमुले गाबिस ७ हाल नौमुल गाृउपालीका ५ मा जन्मेकी हुन । माओबादी जनयुद्धमा २०५७ सालबाट भुमिगत भएकी थिइन । उनि पार्टिको सास्कृतिक मोर्चा समालेर युद्धमा लडेकी थिइन । उनले २०६१ सालमा चामुण्डाका गोबिन्द तिमिल्सेना संग जनबादी बिवाह गरिन । शान्ति प्रकृया संगै उनिहरु संग युद्धमा संसंगै लडेका साथिहरु सांसद र मन्त्री समेत भइसके तर गिता भने व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएकी छन् ।

उनि भन्छिन राजनितिमा पनी पहुच र पैसा भएकालाइ मात्र अवसर मील्दोरहेछ हामी युद्ध लडेपनी पैसा र पहुच नपुगेकाले राजनितिमा अवसर पाएका छैनौ । तरकारी खेतीबाट हुने आम्दानीले तिमिल्सेनाको परिवारको खर्च चल्ने गरेको छ । उनले खेतबारीमा बाह्रै महिना तरकारी खेती गर्छिन । दश कठ्ठा बढी जग्गामा उनले तरकारी खेती गरेर वार्षिकरूपमा रु ७ देखी ८ लाखसम्म आम्दानी गर्दै आएकी छन् । गिताले आफुले अब लगानी जुटाएर टनेल थप गर्ने सोचमा छिन ।

उनले सिजन र अफसिजन मा तरकारी लगाउने गरेकी छन । उनले हाल प्रतिभा कृषि तथा पशुपालन फर्म दर्ता गरि सोही फर्मको नामबाट काम गदै आएको उनि बताउछिन । ९ बर्ष देखीतरकारी खेती गर्दै जाँदा लगाउने आधुनिक तौरतरिका सिक्दै गएकाले उत्पादन प्रति वर्ष बढ्दै गएको उनको भनाइ छ । तिमिल्सेनाले आधुनिक तरिकाले तरकारी खेती गर्ने तालिम समेत बेलाबेलामा लिइसकेकी छन।

परिवारको घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च तरकारी खेतीबाट हुने आम्दानीबाट धानिँदै आएको उनी बताउँ छीन् । उत्पादित तरकारी स्थानीय बजारमा सहजै बिक्री हुने गरेको छ । पहिला मौसमी तरकारीमात्रै उत्पादन गर्दा सोचेजस्तो आम्दानी हुने गरेको थिएन । मौसमीसँगै बेमौसमी तरकारी खेतीलाई अगाडि बढाएपछि आम्दानी सोचेभन्दा बढी नै हुने गरेको उनले सुनाए ।

भारतीय तरकारीको निर्भरता कम गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्ने उनको सुझाव छ । यसका लागि किसानलाई आधुनिक तररिकाले खेती गर्नका लागि तालिमसँगै आधुनिक यन्त्र, उपकरण, बीउबिजन, विषादी, मलखादका लागि अनुदानको व्यवस्था गरिनुपर्ने उनले उल्लेख गरिन । गिताले तरकारी खेती संगै मौरीपालन समेत गरेकीछन ।

उनका हाल ५० घार मौरी समेत रहेका छन । मौरी र तरकारी खेती बाट बिर्षिक राम्रो आम्दानी हुन थालेपछी हाल १० ओटा टनेलमा बिभिनन खालका बेमौषमी तरकारी लगाएकी छन । बिरेन्द्रनगर १२ मा १० कठ्ठा जग्गा भाडामा लियर उनले काक्रा , करेला , टमाटर, फर्सी , लौका , धनिया आदी तरकारी लगाएको उनी बताउछिन । यो तरकारी सकिय पछी १० ओटा टनेलमा बेमौषमी टमाटर लगाउने उनको योजना रहेको छ ।

तपाईको प्रतिक्रिया