बन्द हिल्सा नाका बैशाख १८ बाट खुल्ने

  • सुन्दर रावत

हुम्ला, १८ चैत्र। बिगत ३ बर्ष देखि बन्द हिल्सा नाका बैशाख १८ बाट खुल्ने भए पछि हुम्ली ब्यबसायि खुशी भएका छन । २ देशको सहमती अनुसार आगामि बैशाख १८ गतेबाट हुम्लाको हिल्सा नाका खुल्ने भएको हो। शनिबारबाट चीनले रसुवागढीस्थित केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा ल्याएसंगै हुम्लाका ब्यबसायिहरु हिल्सा नाका खोल्ने आशमा पलाएको हुम्ली ब्यबसायिले बताएका छन ।
नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ आफ्नो प्रतिनिधि मण्डलकोे नेतृत्व गर्दै २०२३ मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल(चीन सीमा व्यापार संयन्त्रको बैठकमा चिनको श्वसाशित क्षेत्र तिब्बतसंग नाका जोडिएका नाका पुणर्रुपमा खोल्ने सहमति भएको थियो ।
सन् २०२३ मे १ ९२०८० वैशाख १८ गते बाट तातोपानी झाङ्मु र हिल्सा पुराङ ताक्लााकोट नाका पूणर्रूपमा सञ्चालन गर्ने भएपछि हुम्लाका ब्यबसायीले यस लाई सकारात्मक रुपमा लिएका छन ।

कोभिड संक्रमण फैलिएसँगै चीनसंग सिमा जोडिएका सबै नाका बन्द गरेको थियो । बीच बीचमा सामान पठाउन केही समय आंशिक रुपमा खोल्ने बन्द गर्ने हुदै आएकोमा अबदेखि भने सिमानाका पुर्णरुपमा सञ्चालनमा ल्याउने भएको हुम्लाका पर्यटन ब्यबसायि बिजय लामाले बताए । सिमा नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूणर्रूपमा सञ्चालन गर्ने सहमति भएको भएपनि नेपाली बाहेक अन्य बिदेशि पर्यटकहरुका लागि नाका नखोलेको लामाले बताए ।

कोरोनाका कारण हुम्लामा पर्यटक आगमन सुस्त हुँदा होटल उद्योग सञ्चालन खर्चसमेत धान्नै नसक्ने गरी थला परेको छ । ‘कोभिडले झन्डै तीन वर्ष थला पारेको होटल उद्योगलाई राज्यबाट आउने नीति नियमले कुनै सरोकार नदेखाएको आरोप लगाउँदै हुम्लामा संचालीत होटलसञ्चालन गर्न कठिन भइरहेको र बजारमा अकासिएको मूल्यवृद्धि, तरलताको अभाव र हरेक व्यवसायीले पहिलेको तुलनामा अहिले व्यावसायिक लाभ लिन सक्ने अवस्था रहेको बिजय होटेलका संचालक एबं पर्यटन ब्यबसायि बिजय लामाले बताए ।

२०७६ मंसिरबाट बन्द भएको हिल्सा नाका आगामी बैशाख १८ गते खोल्ने भने पछि हुम्ली बइबसमयीको ध्यान अहिले चीनको ताक्लाकोटतर्फ मोडिएको छ । चीनले नेपालसंगसिमा जोडिएका नाका खोल्ने भने पछि हुम्लाबाट तिब्बतका बिभिन्न स्थानमा गएर ब्यापार ब्यबसाय गर्ने हुम्ली व्यवसायीहरु कोेरोनाले थिलोथिलो बनाएको ब्यापार ब्यबसाय केही हदसम्म माथी उठ्नेमा आशावादी देखिएका छन ।

यसरी नाका खोल्नु चीनबाट राम्रो संकेत देखिएको छ, अब हुम्लाकोे पर्यटन र ब्यापार ब्यबसाय राम्रो होला कि रु आशा पलाएको होटेल ब्यबसायि महासंघ हुम्लाका अध्यक्ष मिन लामाले बताए । कारोनायता हुम्लाका २ सय हाराहारी होटेल र ४ सय भन्दा बढी ब्यपार व्यवसायी नाका बन्दिका कारण यस पेसाबाट पलायन भएकाले अब सबै आ आफ्नो काममा फर्कनेमा आफु आशाबदी रहेको उनले बताए ।

नेपालीका लागि मात्र सिमा नाका खोल्ने चिनको निणर्यले कैलाश मानसरोवरको दर्शनका लागि तीर्थस्थल भ्रमण गर्न आउने भारतीय तीर्थयात्रीलाई असर परेको छ । हुम्लाको बाटो भएर कैलाश मानसरोवर दर्शनका लागि सबै भन्दा बढि भारतीय नागरीक आउने हुदा हुम्लाका पर्यटन ब्यबसायीलाई मर्का पर्ने लामो समय देखि पर्यटन ब्यबसाय गर्दै आएका बिनोद लामाले बताए । यसरी हुम्लामा बाय पर्यटक आउदा स साना कामदार, भरीया, कृषक देखि लिएर ठुल ठुला ब्यबसायले समेत काम पाँथ्ये, होटल, रिसोर्ट उद्योग चन्थे । तर विदेशी पर्यटक नआए पछि हुम्लाका होटल आन्तरिक पर्यटकको भरमा सातामा एक दिन बिदामा चल्छन । बाँकी दिन खुम्चिएर बस्नु पर्ने अबस्था आएको लामाको भनाई छ ।

तपाईको प्रतिक्रिया