आँपमा किरा र रोग लागेपछी सुर्खेतका किसान चिन्तीत


याम शर्मा
सुर्खेत १५ चैत्र । जिल्लाको पुर्बि क्षेत्र रामघाटमा गरिएको व्यावसायिक आँप खेतीमा किरा र ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँप खेतीमा ढुसी लाग्न थालेकाले भेरिगंगा ११ रामघाटका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भएका किसान अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको भेरिगंगा ११ रामघाटका किसान मान बहादुर थापाले बताए ।

उनका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको हो । “पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर मजुराफूलमा ढुसीको प्रकोप देखिएपछि आशा निराशामा बदलिएको छ ।” उनले भने ।

भेरि पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थाका अध्यक्ष नवराज वलीलृे यस क्षेत्रका सम्पुर्ण कृषकको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको बताए । उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए । भेरिगंगा नगरपालिका– १३ मा रहेका आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको छ । फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको कृषकहरुको भनाइ छ ।

दशरथपुर स्थित बागबानी केन्द्रमा रहेका आँपका रुखमा समेत समस्या देखीयको छ। उनका अनुसार रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन नसकेका कारण केन्द्रका आँपका रुख समेत सुरक्षित रहन सकेनन् ।

मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने र फेददेखि ३ फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा कीराको प्रकोप रोक्न सकिने भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता धनबहादुर कठायतले बताए । उनले भने, “जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोग गर्छन्, यहाका किसानले समयमै जानकारी नगराउदा समस्या आएको बताए ।

किसानले जानकारी चैत्र १४ गते बिहान मात्र जानकारी गराएको र जानकारी पाउने बित्तीकै मन्त्रालयले महाततका निकायलाइ निर्देशन गरीयको बताएका छन । मन्त्रालय बाट आफ्रनै नेतृत्वमा १४ गतेनै कृषि बिकास निर्देशनालय को टोलीले स्थलगत अनुगमन गरी आवस्यक सल्लाह दिइएको बताएकाछन । कृषकले समयमा जानकारी नगराएका कारण आपमा धेरै समस्या आएको बताए ।

अब महाततका निकायलाई निर्देशन दिइ तत्काल हुन सक्ने सहयोग गरिने कठायतले जानकारी दिए  । कृषि बिकास निर्देशनालय सुर्खेतका कृषि प्रसार अधिकृत तिलक पाण्डेले कर्णाली प्रदेश लाइ अर्गानीक प्रदेश बनाउने चरणहरु चलेकोले सुरक्षीत तरिकाले बिषादीको प्रयोग गर्न अनुरोध समेत गरेका छन ।कृषि बिकास निर्देशनालय सुर्खेतले प्रभाबित क्षेत्रमा बिषादी र स्प्रेयर पठाइ सकेको पाण्डेले बताए । मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेको उनले बताए । यस क्षेत्रका अधिकास कृषकहरु आप खेती बाटनै आफ्रनो जिबिका चलाउदै आएका छन ।

तपाईको प्रतिक्रिया