दैलेखको गुराँसका किसानले उत्पादन गरेको टमाटरले मुल्य पाएन किसान चिन्तीत

याम शर्मा – दैलेखको गुराँस गाउपालीकामा रहेका कृषकले लगाएको टमाटरले उचित मुल्य नपाउदा कृषक चिन्तित बनेका छन ।
गुरास गाँउपालिका अन्तरगत वडा न ५,६,७र ८ का कृषकले लगाएको टमाटरले मुल्य नपाउदा कृषक चिन्तित बनेका हुन । दैलेखको गुरास गाउँपालीका तरकारी उत्पादनका लागी राम्रो क्षेत्र मानिन्छ । त्यस क्षेत्रका किसानहरुको मुख्य पेशानै ब्यावसायी तरकारी उत्पादन रहेको छ । बारी भरि टमाटर लटरम्म फलेर पाकीसकेका छन तर अहिले सम्म बजारको कुनै ब्यबस्था भएको छैन ।
ठूलो क्षेत्रफलमा लगाइएको टमाटर को बजार नुदा बारीमानै सड्न लागेको गुरास ६ का कृषक मान बहादुर बुढाले समृद्धि कृषि लाई जानकारी दिए ।
उनले भने दैलेखको गुरास गाँउपालीकाले दैलेख र सुर्खेतमा तरकारी आपुर्ति गदै आएकोमा हाल भारतीय बजारबाट तरकारी सुर्खेतको बुलबुले तरकारी बजारमा आउन थालेपछी हाम्रो तरकारी बिक्री हुन छोड्यो । सरकारले तरकारीको बिक्रीको ग्यारेन्टि र बिक्र नभए उचित क्षतीपुर्तिको ब्यावस्था गनुपर्ने बुढाको माग रहेका छन । उनले किसानले लगाएको टमाटरले बजार नपाउदा गरास गाउपालीकाका किसान चिन्तीत भएको गुरास ८ का गोपिसरा ओलीले बताइन । उनले आफ्नो फेसबुकमा समेत पोस्ट् गरेर दुख ब्यक्त गरेकीछन ।

सरकारले न्यूनतम मुल्य निर्धारण नगर्दा किसानहरुलाई बर्षेनी समस्या झेल्नु परेको बताईन । सरकारले किसानलाई उचित क्षतिपुर्तिको ब्यवस्था गर्नुपर्ने उनको भनाई छ । उनले भनिन एक दिनमा ५ गाडी जती टमाटर गुरास ८ का बारीमा पाकेको छ , तर बजारको ब्यवस्था छैन , मुख्य बजार रहेको सुर्खेतले भरतीय बजारबाट तरकारी आयात गर्ने गरेकोले पनी समस्या आएको बताईन ।

भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको र स्थानीय सरकारले समन्वय नगरेको कर्ण ओलीले बताए । लागत मूल्यसमेत नआउने गरी प्रतिकिलो टमाटर १०र१२ रुपियाँमा समेत बिक्री नभएको खत्रीको भनाइ छ । यसबाट लागत उत्पादनसमेत नउठ्ने ओलीको भनाइ छ ।

किसानले उत्पादन गरेको कृषि उपजलाई स्थानिय सरकार संघ सरकार र प्रदेश सरकारले बजारीकरणको ब्यवस्था गर्दिनुपर्ने गुरास ८ का कृषक सरोज ओलीले बताए । हाम्रो मुख्य पेशानै यही छ सरकारले कृषकका लागी केही गर्न सकेको छैन उत्पादी बस्तुले बजार पाउदैन कसरी कृषको जिबिकोपार्जन हुन्छ , तत्पकल यो समस्याको समाधान गर्नु पर्छ अनले भने । यदि सरकारले किसानको समस्या समयमानै समाधान नगरे आनदोलन गर्न तयार हुने बताए ।

गुराँस गाउँपालीका तरकारी उत्पादनको लागी राम्रो क्षेत्र हो यहाका किसानको दिर्धकालीन समस्या समाधानका लागी गाउँपालिकाले समर्थन मुल्य तोकेर संकलन गर्न सके समस्या समाधान हुने गुराँस गाउपालिका कृषि शाखा प्रमुख पुर्णबहादुर खड्काले बताए । तर तत्कालका लागी कुनै उपाय नभएको उनले बताए ।

 

 

तपाईको प्रतिक्रिया