दैलेखको गुराँस ८ का किसानको टमाटर बारीमै सड्यो

 

याम शर्मा – दैलेखको गुराँस गाउपालीकामा रहेका किसानले उत्पादन गरेको टमाटरले उचित मुल्य नपाउदा बारीमै सड्न लागेको छ । गुरास गाँउपालिका अन्तरगत वडा न ८ का कृषकले लगाएको टमाटर बिक्री नहुदा बरीमै सड्न लागेको हो । गुरास गाउपालीका ८ मा रहेको चर्तुमाला कृषक समुहका ३० जना किसानले मात्र करिब ५० रोपनीमा टमाटर खेती गरेको समुहका अध्यक्ष गेशबहादुर ओलीले जानकारी दिए । गाउँका अन्य किसाने समेत टमाटर खेती गरेका छन तर टमाटरले बजार नपाउदा कृषक चिन्तीत बनेको ओलीले बताए ।

उनले भने “दैलेखको गुरास गाउँपालीका ८ का अधिकांस किसानले तरकारी खेती बाटनै जिबिका चलाउदै आएका छन यो बर्ष टमाटर किलो को १० रुपैयाका दरले बिक्री भएको छ , यो मुल्यमा बिक्री गर्दा लागत मुल्य समेत उठ्दैन” । तरकारी उत्पादनका लागी राम्रो क्षेत्र मानिएपनी उत्पादीत तरकारीले मुल्य नपाउदा दु ख मात्र भएको उनले बताए ।यस क्षेत्रका किसानहरुको मुख्य पेशानै ब्यावसायी तरकारी उत्पादन रहेको छ उत्पादीत तरकारीले मुल्य नपाउदा समेत सरकार मुख दर्शक बनेको छ । उनि जस्तै गुरास ८ की गोपीसरा ओलीले पनी बारी भरी तरकारी लगाएकी छन । तरकारी बेचेर अनेकौ काम गर्ने उनको सोच थियो तर अहिले बारीभरी फलेको टमाटरले मुल्य नपाउदा उनका सपना अधुरै रहेका छन ।

सरकारले कृषिमा आमुल परिवर्तन गछौ भनेर किसानलाई खाली आस्वासन मात्र दिने किसानले उत्पादन गरेको तरकारीले मुल्य नपाउदा समेत कुनै चासो नदिने भन्दै आक्रोश ब्यक्त गरिन । उनले भनिन् बारी भरि टमाटर लटरम्म फलेर पाकीसकेका छन तर अहिले सम्म बजारको कुनै ब्यबस्था भएको छैन । सरकारले उत्पादित बस्तुको बजारको ग्यारेन्टी गरिदिनुपर्ने उनको माग रहेको छ ।सरकारले न्यूनतम मुल्य निर्धारण नगर्दा किसानहरुलाई बर्षेनी समस्या झेल्नु परेको बताईन । सरकारले किसानलाई उचित क्षतिपुर्तिको ब्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

उनले भनिन एक दिनमा ५ गाडी जती टमाटर गुरास ८ का बारीमा पाकेको छ , तर बजारको ब्यवस्था छैन ।
ठूलो क्षेत्रफलमा लगाइएको टमाटर को बजार नुहुदा बारीमानै सड्न लागेको गुरास ६ का कृषक मान बहादुर बुढाले समृद्धि कृषि लाई जानकारी दिए । सरकारले तरकारीको बिक्रीको ग्यारेन्टि र बिक्र नभए उचित क्षतीपुर्तिको ब्यावस्था गनुपर्ने बुढाको माग रहेका छन ।
किसानले उत्पादन गरेको कृषि उपजलाई स्थानिय सरकार संघ सरकार र प्रदेश सरकारले बजारीकरणको ब्यवस्था गर्दिनुपर्ने गुरास ८ का कृषकको माग रहेको छ ।

हाम्रो मुख्य पेशानै यही छ सरकारले कृषकका लागी केही गर्न सकेको छैन उत्पादी बस्तुले बजार पाउदैन कसरी कृषको जिबिकोपार्जन हुन्छ , तत्पकल यो समस्याको समाधान गर्नु पर्छ अनले भने । यदि सरकारले किसानको समस्या समयमानै समाधान नगरे आनदोलन गर्न तयार हुने बताए ।यता सुर्खेतमा रहेको बुलबुले तरकारी बजार संचालन सममितीका अध्यक्ष टोपेन्द्रजंग शाहीले यो समयमा सबै ठाउमा टमाटर उत्पादन ठुलो मात्रामा भएकाले बजार मुल्य नभएको बताए ।

गुराँस गाउँपालीका तरकारी उत्पादनको लागी राम्रो क्षेत्र हो यहाँका किसानको दिर्धकालीन समस्या समाधानका लागी गाउँपालिकाले समर्थन मुल्य तोकेर संकलन गर्न सके समस्या समाधान हुने गुराँस गाउपालिका कृषि शाखा प्रमुख पुर्णबहादुर खड्काले बताए । तर तत्कालका लागी कुनै उपाय नभएको उनले बताए ।

 

तपाईको प्रतिक्रिया