सुर्खेत – धनन्जय बहुउदेश्यीय सहकारी संस्था ली ले ब्याजमा लगाउदै आएको हर्जनामा छुट दिने भएको छ । साउन २ गते सम्म ब्याज चुक्ता गर्ने भाका नागेका ऋणीको ब्याजमा लगाईने हर्जना पुरै छुट गर्न लागेको हो ।
ऋणीलाई केही सहज होस भन्ने उदेश्यले भाका नागेका ऋण तथा ब्यामा हर्जना छुट गरियको सस्थाका सचिब देबेन्द्र रिजालले जानकारी दिए । ब्याजको हर्जना छुटका साथै सबै ऋण चुक्ता गर्ने सदस्यहरुलाई समेत बिषेश सहुलियत दिईएको उनले बताए । सनिबार बसेको सहकारीको बिषेस बैटकले आर्थिक बर्ष २०८९ ÷०८० को समीक्षा समेत गरेको सहकारीका कोषाअध्यक्ष दयाराम पंगालीले बताए ।
सहकारीको समीक्षा गर्दा सहकारीमा अहिले सम्म तरलता ५५ लाख को रहेको र आर्थिक कारोबार समेत राम्रो संग संचालन भएको उनले बताए । हाल सम्म सहकारीले सहकारी शिक्षा दिई सदस्यहरुको जिबिकोपार्जनमा बिशेस सहयोग गर्दै आएको बताए । अनले बजारमा हुने होहल्लाका पछाडी नलागेर ढुक्कसाथा बचत तथा ऋण सम्बन्धी गतीबिधिमा संलग्न हुन सेबाग्राहीहरुलाई आग्रह समेत कोषाध्यक्ष पंगालीले गरेका छन ।
सोही एसइइ परिक्षा २०७९ मा कर्णाली प्रदेशामा सबैभन्दा बढी अंक ल्याउने धनन्जय सहकारी संस्थाका सचिब देबेन्द्र रिजालका छोरा सन्देश रिजाललाई सम्मान समेत गरियको थियो ।
बैठक धनन्जय बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष भलाराम पंगालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समृद्धि कृषि । ३१ असार २०८०, आईतवार ०८:०३