
दैलेख – कृषि बिकास कार्यालय दैलेखले व्यवसायिक रुपमा कृषि गर्ने किसान लाई पुरस्कृत गरेको छ । दैलेख जिल्ला भरिका ५० जना ब्यावसायीक किसानलाई व्यवसायमा प्रोत्साहन गर्ने उदेश्यले पुरस्कृत गरिएको हो।
उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम अन्तर्गत कृषि विकास कार्यालयले ५० जना किसानलाई नगद सहित सम्मान गरेको कृषि विकास कार्यालय दैलेखका नित्तित कार्यालय प्रमुख दशरथ पाण्डेले जानकारी दिए ।
पाण्डेले कृषकहरुको हौसला बढाउन र कृषि पेशालाई सम्मानित बनाउनका लागि पुरस्कृत गरिएको बताए । उनले प्रोत्साहन स्वरुप ५ जना कृषकलाई १० हजार रुपैया ४१ जना कृषकलाई १५ हजार रुपैया, ४ जना कृषकलाई २० हजार नगद सहित सम्मान गरिएको बताए । ब्यबसाहीक रुपमा कृषि गर्ने किसानलाई बर्षेनी पुरुस्कृत गरिने पाण्डेले बताए । पुरुस्कारले किसानलार्इृ थप उर्जा दिने र पेसा प्रर्ति बफादारहुने हुदा उत्पादनमा आधारीत प्रोत्साहान संचालन गरियको निमित्त प्रमुख पाण्डेले बताए ।

कृषि बिकास कार्यालय दैलेखले प्रदान गरेको पुरस्कारले व्यवसायप्रति थप जिम्मेवारी बढाउनुका साथै हौसला प्रदान भएको चामुण्डा बिन्द्रासैनी ७ का कृषक सागर शाहीले बताए । उनले भने उत्पादनको हिसाबले दिईने सम्मानले पेसा प्रति लगाव बढ्ने बताए ।
कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक उत्पादनमा जोड दिन सबैलाई नारायण नगरपालिका दैलेख नगरप्रमुख लोमन शर्माले आग्रह गरे । नगरपमुख शर्माले कृषि विकाश कार्यालयले कृषकहरु पुरुस्कार वितरण गर्यो यस सम्मान तथा पुरस्कारले किसानलाई हौसला प्राप्त हुने र उत्पादन वृद्धिमा टेवा पुग्ने बताए ।किसानलाई व्यवसायिक रुपमा लाग्न समेत उनले आग्रह गरे।नगरपालिकाले कृषि क्षेत्रमा थुप्रै लगानीमा सहयोग गरेको उनले बताए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले आगमि दिनमाहरु पनि कृषक लक्षित कार्यक्रम हुनपर्ने बताए । कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनको भनाई छ ।

समृद्धि कृषि । २८ असार २०८०, बिहीबार १४:१४