नौमूलेका अध्यक्षको मनोमानी उपाअध्यक्ष हुदाहुदै वडा अध्यक्षलाई कार्यबाहक

दैलेख – दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले स्थानीय सरकार सञ्चालन ऐन, विपरीत वडा अध्यक्षलाई कार्यवाहक दिएको पाइएका छन । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा उपाध्यक्षलाई निजको कार्यवाहक सम्हाल्न पाउने कानूनी अधिकार उल्लेख गरिएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उपाध्यक्षले न्यायिक समितिको संयोजक भई कार्य गर्ने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने लगायतका जिम्मेवारी उल्लेख छ ।

अध्यक्ष सुवेदीले उपाध्यक्ष गाउँपालिकामा हुँदा -हुँदै गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण बहादुर सलामीलाई स्थानीय सरकार सञ्चालन ऐन, विपरीत कार्यवाहक गाउँपालिका अध्यक्ष को जिम्मेवारी दिएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख गरिए अनुसार उपाध्यक्षले न्यायिक समितिको संयोजक भई कार्य गर्ने, अध्यक्ष वा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने ब्यवस्था छ। तर नौमुले गाँउपालीका अध्यक्ष सुबेदीले भने कानुनको ठाडै उल्लंगन गरेका छन ।

गाउँपालिकाका उपाध्यक्ष गंगबहादुर शाहीले वडा अध्यक्षलाई कार्यवाहक दिनु स्थानीय सरकार सञ्चालन ऐन, विपरित रहेको बताए । आफु गाउपालिकामा हुदाहुदै अध्यक्ष कार्यवाहक वडा अध्यक्षलाई दिनुभएछ यो नियम बिपरित हो। अध्यक्षको कार्यकक्षमा कार्यवहाक अध्यक्षले बैठक चलाईरहनु भएको रहेछ, उपाध्यक्ष पालिका पुगेपछि स्वत कार्यवहाकको पद समाप्त हुन्छ । मैले म आईपुगेँ भनेर कार्यवहाक वडा अध्यक्षलाई भने उहाँले पत्र देखाउनु भयो ।

मैले वडा अध्यक्ष कार्यवहाक हुने बेला सम्म गाउँपालिका नजाने निर्णय गरेको छु । पालिकामा वडाअध्यक्षको रजाइँ चलेको हेर्न मन लागेन ।”
“अध्यक्ष ज्यू बिरामी भएर बाहिर जाने कुरा जानकारीमा थियो, मलाई फोन आएन । तर वडा अध्यक्षलाई जिम्मेवारी दिइएछ”, उपाध्यक्ष शाहीले भने ।उनले आफू नौमूलेका विभिन्न स्थानमा विद्युतिकरणको काममा खटिएको बताए । “म जनताको काममा लागेको छु, अध्यक्षले नियम विपरीत काम गर्नुभयो”, उनले भने ।

उनले आफूले वडा अध्यक्षको मातहतमा बसेर कुनै पनि काम नगर्ने बताए । उनले वडा अध्यक्ष गाउँपालिकामा कार्यवाहक रहने समयसम्म आफू गाउँपालिकामा उपस्थित नहुने समेत दोहो¥याएका छन् । सुबेदीले जेष्ठ वडा अध्यक्षहरुलाई जिम्मेवारी नदिई सधै वडान. ५ का अध्यक्ष कृष्ण सलामीलाई जिम्मेवारी दिने गरेका छन ।

गाउँपालिका कर्मचारी स्रोतले समेत वडा अध्यक्षलाई कार्यवाहक दिनु नियम सङ्गत नभएको बताउँछ । नाम उल्लेख नगर्ने सत्रमा एक कर्मचारीले भने, “उपाध्यक्ष हुँदा÷हुँदै वडा अध्यक्षलाई कार्यवाहक दिनु नियम सङ्गत होइन, वडा अध्यक्षको निर्देशन मानेर गाउँपालिकामा दैनिक काम गर्न समस्या छ ।”

यता गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीलाई सोध्दा  उहा जानकारी नगराई जानुहुन्छ , जे पनी भन्नुहुन्छ, धेरै समय देखी उपाध्यक्षले कतै जादा आफुलाई जनकारी नगराएको बताए । नौमूले गाउँपालिकाका बेला–बेला राजनीतिक कारण देखाउँदै विवाद हुने गरेको छ ।

तपाईको प्रतिक्रिया