दैलेखमा जंगली जनावरले मकै वाली नष्ट किसान चिन्तीत

 

  •  याम शर्मा

दैलेखमा किसानले लगाएको मकै बाली बँदेल र बाँदरले नस्ट पारिदिएका छन । दैलेखको नौमुले गाउपालीका, भैरबी गाउपालीका , भगवतीमाई गाउपालीका मा बादर , बदेल र दुम्सीले मकै खेती नस्ट पारेको हो । नौमुले गाउपालीका को २ न. वडामा बादरले मकै बाली नस्ट गरेको कमल न्यौपानेले जानकारी दिएका छन ।

नौमुलेका सबै वडामा बादरको आतंक रहेको उनले बताए । पालिकाले किसानको हितमा हुने बादरलाई धपाउन गरिने प्रबिधिका काममा खासै चासो नदिने गरेको उनले बताए । नौमुले क्षेत्रका किसानहरुको मुख्य समस्या बादर आतंक रहेको छ ।

बारीमा लगाएको खेती बादरले नष्ट गरेपछी किसानहरु चिन्तीत हुनु परेको नौमुले ३ भाडेका गंगाराम सापकोटाले बताए । जंगली जनावरको सम्स्या समाधानका लागी पालीकाले नया कार्यक्रम ल्याउनु पर्ने बताए ।नौमुलेको तोली , चौराठा, सल्लेरी , बालुवाटार, कालीका, लेखतोली, सालकोट, र नौगाउ मा बादरले क्षती गरेको छ । बादर , दुम्सी र जंगली जनावरले गरेको क्षती को बारेमा नौमुले गाउपालीकाको कृषि बिकास शाखा बेखबर रहेको स्थानियहरुको गुनासो छ।

दैलेखको भैरवी गाउँपालिका–५ का कृष्ण प्रसाद जैसी बँदेल धपाउन रातभर बारीमै जागराम बस्छन् ।कोशा लाग्ने बेलाको मकै खेती बँदेल र बाँदरले नष्ट गर्न थाले पछि उनीमात्र नभई गाउँका किसान मकै बारीमै दिन÷रात बिताउन बाध्य छन् ।केही वर्ष अघिदेखि बँदेल र बाँदरले लगाएको वाली नष्ट गर्न थाले पछि किसान मारमा पर्दै गएका छन् । जङ्गल क्षेत्रको विस्तारसँगै वस्तिको नजिक आउने जङ्गली जनावरले वर्षमा ६ महिना खान पुग्ने मकै खेती सखाप पारे पछि बेसाह गर्नुपर्ने चिन्तामा किसान छन् ।


बँदेलले मकै नष्ट गर्न थाले पछि बारीमै वास बस्नुपर्ने बाध्यता आई लागेको जैसीले बताए । ‘जङ्गली जनावर बँदेलले मकै सखाप पार्दै आएपछि जोगाउन बारीमै रातभर जगराम बस्नुपर्ने बाध्यतामा छौँ, वर्षमा ६ महिना खान पुग्ने खेती बाँदर÷ बँदेलले नष्ट गरेपछि बेसाह थपिने भएको छ’, उनले भने ।

भैरवी गाउँपालिकामा मात्र नभई बँदेल र बाँदरले जिल्लाका धेरै ठाउँमा मकै खेती नष्ट गर्दै आएका छन् ।
भैरवी गाउँपालिका कृषि शाखा प्रमुख प्रकाश भट्टराईले एक वडामा ५ देखि ७ रोपनी जग्गामा किसानले लगाएको मकैमा बँदेलले क्षति पु¥यायको बताए । उनले गाउँपालिकाका सबै वडाबाट जङ्गली जनावरले मकैमा पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने कामलाई तीव्रता दिएको बताए ।

कृषि विकास कार्यालय दैलेखका अनुसार यहाँका ११ स्थानीय तहमा बँदेल र बाँदरले किसानको मकै खेती मात्र नभई अन्य खेतीमा समेत ठूलो क्षति पु¥याउँदै आएको देखिन्छ । कार्यालय प्रमुख दशरथ पाण्डेले दैलेखका ११ वटा स्थानीय तहका ९० वडामा २१ हजार १ सय ७५ हेक्टरमा किसानले मकै खेती लगाउँदै आएको बताए । पछिल्ला वर्षमा जङ्गली जनावरले किसानको बालीमा ठूलो क्षति गर्ने गरेको बताए ।

किसानको क्षतिमा कार्यालयले पर्याप्त मात्रामा राहत उपलब्ध गराउन नसक्ने बताए । ‘अहिले मकै खेतीको समय हो, बँदेल र बाँदरले मकै खेतीमा ठूलो क्षति पु¥याउँदै आएको छ, यसलाई नियन्त्रण गर्न आम किसानसँगै सम्बन्धित निकाय लाग्नुपर्ने देखिन्छ, कृषिले पर्याप्त राहत दिन सक्दैन कार्यविधि त्यही अनुसारको छ’, कार्यालय प्रमुख पाण्डेले भने ।
पाण्डेले भने, कार्यालयसँग क्षतिको विवरण छैन, स्थानीय सरकारले सङ्कलन गरेका भन्ने छ, हामीले क्षतिको विवरण हेरेर बिउँसम्म उपलब्ध गराउन सक्छौँ, कृषिले राहत भन्दा पनि अनुदान दिने गर्दछ ।

 

तपाईको प्रतिक्रिया