सुर्खेतमा ह्वात्तै बढ्यो गोलभेँडाको भाउ

 

याम शर्मा – सुर्खेतको बिरेन्द्रनगर बजारमा गोलभेँडाको बजारको मूल्य केजीमा एक सय असी रुपैयाँसम्म पुगेको छ।
असार सुरू हुनुभन्दा पहिले चालीस रुपैयाँमा एक केजी गोलभेँडा किन्न पाइन्थ्यो।

गोलभेँडाको भाउ एकाएक किन बढ्यो, अधिकांश थोक व्यापारी अनुकूल मौसमलाई मान्ने गर्छन्। अर्कोतर्फ नेपालबाट छिमेकी देश भारतमा गोलभेँडा निर्यात हुनुले पनि गोलभेँडाको भाउ अचाक्ली बढेको उनीहरू ठान्छन्। बिरेन्द्रनगर तरकारी तथा फलफूल व्यवसायी संघका अनुसार बाहीर बाट गोलभेडा आउन बन्द भएको र सुर्खेतमा मात्र उत्पादीत तरकारीले बजार धान्न नसकेका कारण गोलभेँडाको अभाव हुन गई मूल्य ह्वात्तै बढेको हो।

‘इण्डियाका व्यापारी सल्यान कपुरकोट गएर सोझै गाडीका गाडी गोलभेँडा लगिरहेका छन्,’ उनले भने, ‘इण्डियाको अभाव टार्न यताबाट गोलभेँडा जान थालेपछि विगत दुई हप्तायता गोलभेँडाको भाउ बढ्दै गएको हो।’ यसले गर्दा उपभोक्तालाई मर्का परे पनि किसानलाई भने फाइदा पुगेको छ।‘बिरेन्द्रनगरमा मात्रै दैनिक दुई सय क्यारेट जति गोलभेँडा खपत हुने गरे पनि मूल्य बढेपछि उपभोक्ताले थोरै मात्रै किन्न थालेका छन।

‘गोलभेँडा बाहेक अन्य सबै तरकारीको भाउ भने पहिलेजस्तै सामान्य रहेको रहेको छ । सुर्खेत सब्जिमण्डीमा गोलभेँडा हिजोआज केजीको एक सय ८० मा बिक्री भइरहेको छ भने बजारमा फुटकर दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।
अनुकूल मौसम नहुनु तथा सुर्खेत , दैलेखमा यतिखेर गोलभेँडा उत्पादन नहुनु, सल्यान तथा रोल्पाजस्ता पहाडी जिल्लाबाट आउने गोलभेँडा भारत पनि निर्यात हुन थालेपछि जिल्लामा गोलभेँडाको अभाव हुन गई भाउ बढेको बुलबुले तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष टोपेन्द्रजंग शाहीले बताए।

बुलबुले सब्जिमण्डीमा तरकारी किन्न आएकी कल्पना बुढाले गोलभेँडाको भाउ अचाक्ली बढेको हुँदा भान्सा महँगो हुन गएको बताइन्।‘मैले जेठ अन्तिमसम्म केजिको चालिस रुपैयाँमा गोलभेँडा किनेकी थिएँ,’ उनले भनिन् आज सब्जिमण्डीमै एक सय असी भन्दा कममा कतै पाइन्न।’ भारतमा यतिखेर भारी वर्षाका कारण गोलभेँडा खेतीमा ठूलो क्षति पुग्नु र कतै लामो खडेरीले उत्पादनमा उल्लेखनीय गिरावट आउनुले गर्दा गोलभेँडा को मुल्य बढेको कृषिका जानकारहरु बताउछन ।

तपाईको प्रतिक्रिया