सुर्खेत – कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को अध्यक्षमा अहिलेका महासचिव कृष्ण शर्मा निर्विरोध अध्यक्ष हुने भएका छन्। आज सम्पन्न उम्मेद्ववारी समारोहमा शर्माको मात्र परेपछि उनी निर्विरोध अध्यक्ष हुने भएका हुन। बर्तमान अध्यक्ष खोजराज कटवाल पनि अध्यक्षमा पुनः उठ्ने हल्ला भएपनि कटवालले उम्मेदवारी दिएनन् । सचिबमा पनि गौरव श्रेष्ठ निर्विरोध भएका छन् । उपाध्यक्षमा सुनिता नेम्हाफूकी र सविन्द्र निर्वास त्रिपाठी, महासचिवमा अर्जुन लुइटेल र झमक प्रसाद घिमिरेको उम्मेद्धवारी परेको छ । कोषाध्यक्षमा श्रीकृष्ण अधिकारी र केशव गैरेले उम्मेद्धवारी दिएका छन।
निर्वाचन समिति संयोजक डालप्रसाद बुडासैनिका अनुसार सदस्यहरुमा राजेन्द्र जंग रायमाझी, गौतम महर्जन, शन्तोष कुमार श्रेष्ठ, रोशन प्रसाद ढकाल, सक्कल थापा, सकुन्तला कुमारी सुवेदी, पुस्कल गिरी, हरि खरेल, गणेश प्रसाद वस्याल, सुर्य गौतम, धिरेन्द्र बहादुर ऐर लगायतले उम्मेदवारी दर्ता गराएका छन् । बिधानमा कार्य समितिमा १५ जनाको समिति हुने ब्यबस्था रहेको छ । नामियामा अहिले दुइ वटा प्यानल मा चुनाब हुने देखियको छ । सुरुमा कृष्ण शर्मा र खोजराज कटवाल को हल्ला चले पनि कटवालले भने उम्मेदवारी दर्ता गरेनन । अब अध्यक्ष सचिब बाहेक अन्य सबै पदमा चुनाब हुने देखिन्छ । तर कटवालले उम्मेदवारी नदिए पछि कृष्ण शर्माको प्यानल बलियो देखियको एक उम्मेदवार ले बताए ।
समृद्धि कृषि । १ आश्विन २०८०, सोमबार १७:०६