पोखरा – कृषि मेशिनरी व्यवसायी संघ (नामिया)को अध्यक्षमा कृष्ण शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरि, नामियको पोखरामा शुक्रबार सम्पन्न आठौ साधारणसभाबाट महासचिवमा अर्जुन लुइँटेल, सचिबमा गौरब श्रेष्ठ र कोषाध्यक्षमा श्रीकृष्ण अधिकारि पनि निर्विरोध चुनिएका छन्। निर्बिरोध भएका बाहेक उपाध्यक्ष र सदस्यहरुको भने पोखरामा चुनाब भएको थियो ।
चुनाब बाट उपाध्यक्षमा सुनिता नेम्हाफुकी (१४६), मत ल्याएर बिजयि भएकि छ्न । उनका प्रतिद्वन्द्वी सबिनद्र निवास तृपाठि ले ७० मत मात्र पाएका थिए । सदस्यहरुमा राजेन्द्र जङ रायमाझी (१६०), गौतम महर्जन (१५३), सन्तोष कुमार श्रेष्ठ (१६२), रोशन प्रसद ढकाल (१५८), सकल थापा (१५४), पुस्कल गिरि (१४२) र हरि खरेल (१५१) निर्वाचित भएको नवनिर्वाचित महासचिव अर्जुन लुइटेल ले जानकारि दिए ।

समृद्धि कृषि । ६ आश्विन २०८०, शनिबार १३:०३